१० महिनामा निजी क्षेत्रमा कर्जा प्रवाह ३.३ प्रतिशतले बढ्यो, कुन शीर्षकमा कति ? 

१० महिनामा निजी क्षेत्रमा कर्जा प्रवाह ३.३ प्रतिशतले बढ्यो, कुन शीर्षकमा कति ? 

अर्थ डबली
शुक्रवार, जेठ २६ २०८०
अर्थ डबली
शुक्रवार, जेठ २६ २०८० (अर्काइभ बाट)
  • १० महिनामा निजी क्षेत्रमा कर्जा प्रवाह ३.३ प्रतिशतले बढ्यो, कुन शीर्षकमा कति ? 

    काठमाडौँ / चालु अर्थिक बर्ष २०७९/८० को बैशाख मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ३ं३ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा १३.४ प्रतिशतले बढेको थियो । 

    images
    images
    images

    समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जा १ खर्ब ५३ अर्ब १७ करोड (३.३ प्रतिशत) ले बढेको छ भने अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ५ खर्ब ४८ अर्ब १४ करोड (१३.४ प्रतिशत) ले बढेको थियो ।

    वार्षिक बिन्दुगत आधारमा बैशाख मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ३.१ प्रतिशतले बढेको छ । 

    १० महिनामा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैर– वित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६३.९ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३६.७ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६३.४ प्रतिशत र ३६.६ प्रतिशत रहेको थियो ।

    समीक्षा अवधिमा निजी क्षेत्रतर्पm प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरूको कर्जा प्रवाह ३.२ प्रतिशतले, विकास बैंकहरूको ५.० प्रतिशतले र वित्त कम्पनीहरूको १.१ प्रतिशतले बढेको छ । 

    यस्तै, बैशाख मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहिरहेको कर्जामध्ये १२.१ प्रतिशत कर्जाको लागि चालु सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) सुरक्षणको रूपमा रहेको छ भने ६७.३ प्रतिशत कर्जाको लागि घर जग्गा धितो सुरक्षण रहेको छ । 

    अघिल्लो बर्षको सोहि अवधीसम्ममा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः १२.४ प्रतिशत र ६६.९ प्रतिशत रहेको थियो । 

    आर्थिक वर्षको दश महिनामा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहेको कर्जामध्ये कृषि क्षेत्रतर्फ प्रवाह भएको कर्जा ७.१ प्रतिशतले, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ९.१ प्रतिशतले, निर्माण क्षेत्रतर्फको कर्जा ९.८ प्रतिशतले, यातायात, संचार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा १५.३ प्रतिशतले, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा ३.६ प्रतिशतले, सेवा उद्योग क्षेत्रतर्फको कर्जा ३.५ प्रतिशतलेर उपभोग्य क्षेत्रतर्फको कर्जा ५.२ प्रतिशतले बढेको छ । 

    समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूबाट प्रवाहित कर्जामध्ये आवधिक कर्जा २१.२ प्रतिशतले, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जा समेत) ४.३ प्रतिशतले र ट्रष्ट रिसिट (आयात) कर्जा ६.२ प्रतिशतलेबढेको छभने अधिविकर्ष कर्जा ६६.७ प्रतिशतले (पछिल्लो वर्षको कर्जाको पुनरवर्गीकरणको कारणसमेत), मार्जिन प्रकृतिको कर्जा ६.९ प्रतिशतले र हायर पर्चेज कर्जा १२.१ प्रतिशतले घटेको छ । 

    साताको लोकप्रीय