नेपाल पुनर्बीमा कम्पनीको आठौं वार्षिक साधारण सभा असार १५ गते,  ५ प्रतिशत लाभांश पारित हुँदै 

नेपाल पुनर्बीमा कम्पनीको आठौं वार्षिक साधारण सभा असार १५ गते,  ५ प्रतिशत लाभांश पारित हुँदै 

अर्थ डबली
शुक्रवार, जेठ २६ २०८०
अर्थ डबली
शुक्रवार, जेठ २६ २०८० (अर्काइभ बाट)
  • नेपाल पुनर्बीमा कम्पनीको आठौं वार्षिक साधारण सभा असार १५ गते,  ५ प्रतिशत लाभांश पारित हुँदै 

    काठमाडौँ / नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले आठौं वार्षिक साधारण सभा असार १५ गते गर्ने निर्णय गरेको छ । कम्पनीको जेठ २५ गते बसेको सञ्चालक समितिको बैठकले सभाको मिति र स्थान तय गरेको हो । सभा अमृतभोग, कालिकास्थान, काठमाडौंमा उक्त दिन बिहान साढे ११ बजे सभा गर्ने कम्पनीले जनाउको छ । 

    images
    images

    सभाले गत आर्थिक वर्ष ०७८/७९ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण पारित गर्नुका साथै प्रस्तावित लाभांशलाई समेत अन्तिम रुप दिनेछ । कम्पनीले यस वर्ष गत वर्षको मुनाफाबाट हाल कायम चुक्ता पूँजी १२ अर्ब २३ करोड २५ लाख रुपैयाँको आधारमा ४ दशमलव ७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव २५ प्रतिशत नगद लाभांश वितरण गर्न लागेको हो । 

    बोनस शेयर वितरणपछि कम्पनीको चुक्ता पूँजी १२ अर्ब ८१ करोड ३५ लाख ४३ हजार रुपैयाँ पुग्नेछ । सोहीबमोजिम प्रबन्धपत्र तथा नियमावली संशोधनको प्रस्ताव समेत सभाले पारित गर्नेछ । साधारण सभा प्रयोजनका लागि कम्पनीले असार ७ गते एक दिन बुक क्लोज गर्नेछ । बुक क्लोजको आधारमा असार ६ गतेसम्म कायम शेयरधनीहरूले मात्र कम्पनीको लाभांश प्राप्त गर्न र सभामा भाग लिन सक्नेछन् । 

    कम्पनीले सर्वसाधारणमा आईपीओ जारीपछि तीन आर्थिक वर्ष निरन्तर लाभांश वितरण गर्दै आएको छ । यसअघि आर्थिक वर्ष ०७६/७७ को मुनाफाबाट कुल १९ प्रतिशत र आर्थिक वर्ष ०७७/७८ मुनाफाबाट कुल ५ दशमलव २६३२ प्रतिशत लाभांश कम्पनीले वितरण गरेको थियो ।

    साताको लोकप्रीय