सेयर सुत्र : सेयरबाट कसरी कमाउने, कस्ता सेयरमा हुन्छ बढी नाफा ?

सेयर सुत्र : सेयरबाट कसरी कमाउने, कस्ता सेयरमा हुन्छ बढी नाफा ?

आफुसँग भएको सीमित लगानीयोग्य रकमलाई लगानीको विभिन्न विकल्पको रूपमा विविधीकरण गरि लगानी गर्नुपर्दछ ।

अर्थ डबली
आइतवार, जेठ २८ २०८०
अर्थ डबली
आइतवार, जेठ २८ २०८० (अर्काइभ बाट)
  • सेयर सुत्र : सेयरबाट कसरी कमाउने, कस्ता सेयरमा हुन्छ बढी नाफा ?

    सेयर बजारमा विशेषगरी प्राथमिक बजार र दोस्रो बजारमा  लगानी गर्न सकिन्छ । प्राथामिक बजारमा गरेको लगानी नै सूचीकृत भएपछि दोस्रो बजारमा आउने हो । प्राथमिक बजार भन्नाले कुनै पनि कम्पनी अथवा सरकारी निकायसँग सम्बन्धित पहिलो पटक पब्लिक ऋणधाता जारी गरेको धितोपत्रको कारोवार हुने बजारलाई प्राथमिक बजार भनिन्छ । 

    images
    images

    दोस्रो बजार भन्नाले प्राथमिक बजारमा निष्कासन गरिएका धितोपत्र पुनः बिक्री वा किनबेच गर्ने बजारलाई दोस्रो बजार भनिन्छ । प्राथामिक बजारमा गरेको लगानीबाट नाफा आर्जन हुन्छ भने दोस्रो बजारबाट खरिद गरेको सेयरबाट नाफा कमाउन पनि सकिन्छ र गुमाउन पनि सकिन्छ । हामीले दोस्रो बजारमा सेयर खरिद बिक्री गर्दा कुन कम्पनीको कस्तो बेलामा सेयर बिक्री तथा खरिद गर्नुपर्छ भन्ने सामान्य जानकारी भने हुनुपर्छ । 

    कुनै पनि कम्पनीको सेयर छनोट गर्दा चाहेको बेला बिक्री गर्न सकिने कम्पनीको छान्नुपर्छ । कुनै कम्पनीको सेयर महङ्गोमा किनियो तर, त्यसको सेयर मूल्य किनेको केही दिनमा नै घट्न गयो भने त्यस कम्पनीले नाफा नदिई घाटा मात्र दिन्छ । जसले गर्दा सेयर घाटामा बिक्री गर्नुपर्ने अवस्था आउन सक्छ । सेयर छनोट गर्दा विशेष गरी कुन कम्पनीले कति लाभांश दिने गरेका छन् भन्ने विश्लेषण गर्नुपर्छ । सेयर खरिद गर्नुपूर्व अध्ययन नगर्दा घाटा बेहोर्नुपर्ने अवस्था आउन सक्छ । 

    कुनै पनि कम्पनीको सेयर खरिद गरेपछि त्यस कम्पनीले दिएको लाभांशलाई आम्दानी भनिन्छ । यदी लगानीकर्ताले सेयर बिक्री नगरी लामो अवधिको लागि होल्ड गर्दछन् भने त्यस्तो अवस्थामा कम्पनीको लाभांश खान सकिन्छ । कुनै पनि कम्पनीले प्रत्येक वर्ष लाभांश बाडेका कम्पनीहरू छनोट गरियो भने आफुले गरेको लगानीबाट आम्दानी लिन सकिन्छ ।  

    अर्को, तत्काल नाफामा गएका अघिल्लो वर्षभन्दा भविष्यमा नाफा बढाउन सक्ने कम्पनीहरू विगत पाँच वर्षसम्म लगातार नगद लाभांश भन्दा बोनस लाभांश बाँडेका कम्पनीहरूमा लगानी गर्दा पनि आम्दानी बढ्न सक्छ । 

    आफुसँग भएको सीमित लगानीयोग्य रकमलाई लगानीको विभिन्न विकल्पको रूपमा विविधीकरण गरि लगानी गर्नुपर्दछ । जस्तै सेयर, ऋणपत्र, बचतपत्र, म्युचुअल फण्ड, सुनचादीँ र केही पैसा बैङ्कको मुद्दती खातामा बाँडेर लगानी गर्नुपर्छ ।

    यसो गर्दा कुनै पनि एकबाट घाटा भए पनि अर्को पक्षबाट नाफा भएमा घाटा समायोजन हुन्छ र यसको प्रमुख उद्देश्य लगानी गर्दा हुने जाखिम न्युनीकरण गर्नु हो । कतिपय लगानीकर्ताहरूले यसरी लगानी गर्न नजान्दा लाखौँ घाटामा गएका समाचार पनि बेला–बेला सुन्ने गरिन्छ ।

    साताको लोकप्रीय