दाबी भुक्तानी लिन बाँकी रहेका बीमितलाई बुझिलिन शिखर इन्स्योरेन्सको आग्रह

दाबी भुक्तानी लिन बाँकी रहेका बीमितलाई बुझिलिन शिखर इन्स्योरेन्सको आग्रह

अर्थ डबली
मंगलवार, जेठ ३० २०८०
अर्थ डबली
मंगलवार, जेठ ३० २०८० (अर्काइभ बाट)
  • दाबी भुक्तानी लिन बाँकी रहेका बीमितलाई बुझिलिन शिखर इन्स्योरेन्सको आग्रह

    काठमाडौँ / शिखर इन्स्योरेन्स लिमिटेडले लामो समयदेखि लिन बाँकी रहेको दाबी भुक्तानी बुझिलिन बीमितहरुलाई आग्रह गरेको छ । 

    images
    images

    कम्पनीले एक सुचना जारी गर्दै कम्पनीले विभिन्न बीमालेख खरिद गरी बीमालेख बमोजिम २०८० वैशाख महिनादेखि जेठ २० गतेसम्म परेका दाबी निवेदन तथा दाबीहरु सम्बन्धमा बीमित वा बीमितको प्रतिनिधिबाट दाबी निवेदन प्राप्त भई हालसम्म पनि दाबी फर्छ्यौट नभएको र बीमितको प्रतिनिधि सम्पर्कमा आई उक्त दाबी रकम बुझिलिन आग्रह गरेको हो ।

    उक्त दाबी लिनका लागि सम्बन्धीत बीमितका प्रधिनिधिहरुले कम्पनीले प्रथम पटक सुचना प्रकाशित गरेको मितिले ३० दिनभित्र कम्पनीको केन्द्रीय दाबी विभाग, कम्पनीको प्रादेशिक कार्यालयहरु, शाखाहरुमा र कम्पनीबाट सम्बन्धीत दाबीमा खटाईएका सर्भेयरहरुलाई सम्पर्क गरी उक्त दाबी बुझिलिन आग्रह गरेको हो ।

    साथै, कम्पनीबाट हालसम्म पनि बीमितका नाममा दाबी फर्छ्यौट पुर्जा पठाएको दाबीहरु सम्बन्धमा समेत उपरोक्त बमोजिमको समयावधीमा आवश्यक सम्पूर्ण कागजात तथा दाबी फर्छ्यौट पुर्जामा सहि छाप गरी दाबी फर्छ्यौट पुर्जा कम्पनीमा प्राप्त नभएमा तथा सम्पर्कमा नआएमा सम्बन्धी बीमितको दाबी फाइल बन्द गरिने कम्पनीले यसै सुचना मार्फत जनाएको छ ।

    साताको लोकप्रीय