सनराइज बैङ्कका ग्राहकहरूले केएफसी, पिज्जा हट र क्रिम बेलमा विशेष छुट पाउने 

सनराइज बैङ्कका ग्राहकहरूले केएफसी, पिज्जा हट र क्रिम बेलमा विशेष छुट पाउने 

अर्थ डबली
मंगलवार, जेठ ३० २०८०
अर्थ डबली
मंगलवार, जेठ ३० २०८० (अर्काइभ बाट)
  • सनराइज बैङ्कका ग्राहकहरूले केएफसी, पिज्जा हट र क्रिम बेलमा विशेष छुट पाउने 

    काठमाडौँ / सनराइज बैङ्क लिमिटेडका ग्राहकहरूले अबदेखि केएफसी, पिज्जा हट र क्रिम बेलमा विशेष छुट पाउने भएका छन् । बैङ्क र देवयानी इन्टरनेशनल नेपालबिच डिजिटल कारोबारलाई प्रर्वद्घन गर्न सम्झौता भएसँगै बैङ्कका ग्राहकहरूले विशेष छुट पाउने भएका हुन् । 

    images
    images

    डिजिटल कारोबारलाई प्रवर्द्धन गर्ने उद्देश्य साथ बैङ्कले ग्राहकहरूलाई विभिन्न क्षेत्रमा छुुट प्रदान गर्दै आएको छ । सोही क्रममा बैङ्कले केएफसी, पिज्जा हट र क्रिम बेलसँग सहकार्य गरी आफ्ना ग्राहकहरूलाई विशेष छुुट दिने व्यवस्था गरेको हो ।

    सो सम्झौता अन्तर्गत सनराइज बैङ्कका ग्राहक वर्गहरूले बैङ्कको मोबाइल बैङ्किङ्ग एप ‘सनराइज स्मार्ट प्लस’बाट नेपाल पे स्क्यान गरी देवयानी इन्टरनेसनल  नेपालद्वारा सञ्चालित केएफसी, पिज्जा हट र क्रिम बेलका देशैभरी रहेको आउटलेटमा भुक्तानी गर्दा १० प्रतिशत (अधिकतम २०० प्रति कारोबार) क्यासव्याक तुरुन्तै पाउनेछन् । यो योजना २१ असार २०८० सम्मका लागि लागु हुने बैङ्कले जनाएको छ । 

    साताको लोकप्रीय