दोभान हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने, विक्री प्रबन्धकमा सानिमा क्यापिटल

दोभान हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने, विक्री प्रबन्धकमा सानिमा क्यापिटल

अर्थ डबली
बुधवार, जेठ ३१ २०८०
अर्थ डबली
बुधवार, जेठ ३१ २०८० (अर्काइभ बाट)
  • दोभान हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने, विक्री प्रबन्धकमा सानिमा क्यापिटल

    काठमाडौं / दोभान हाइड्रोपावर लिमिटेडले आईपीअ‍ो निष्कासन गर्ने भएको छ । कम्पनीले जारी पूँजी रू.७६ करोडको ३० प्रतिशतले हुन आउने रकम बराबरको आईपीओ ल्याउन लागेको हो । कम्पनीले १०० अंकित दरका कुल २२ लाख ८० हजार कित्ता आईपीओ निष्कासन गर्नेछ । 

    images
    images

    यो आईपीओ आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा, नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारी गरिरहेका नेपाली, सर्वसाधारण तथा कम्पनीमा कार्यरत कामदार र कर्मचारीलाई जारी गर्ने कम्पनीले जनाएको छ । 

    आईपीओ निष्कासन गर्नका लागि कम्पनीले सानिमा क्यापिटल लिमिटेडलाई आईपीओ निष्कासन तथा विक्री प्रबन्धकका रूपमा नियुक्त गरेको छ । यससम्बन्धी सम्झौतापत्रमा क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत भीष्मराज चालिसे र हाइड्रोपावरका तर्फबाट प्रबन्ध सञ्चालक पुरन्जन राईले हस्ताक्षर गरेका छन् । 

    कम्पनीले सोलुखुम्बुमा ५.२ मेगावाट क्षमताको जुनवेशी जलविद्युत आयोजना निर्माण गरिरहेको छ । सोही आयोजनामा आईपीओबाट प्राप्त रकम लगानी गरिने कम्पनीले जनाएको छ । 

    यस आयोजनाबाट उत्पादन हुने विद्युतीय ऊर्जालाई नेपाल विद्युत प्राधिकरणको १३२ केभी तिङ्गला लमाने सबस्टेसनमार्फत राष्ट्रिय प्रशारण प्रणालीमा जोड्ने कम्पनीको योजना छ ।

    कम्पनीद्वारा निर्माणाधीन उक्त आयोजनाको निर्माण प्रगति हालसम्म करिब ७५ प्रतिशतको हाराहारीमा छ । कम्पनीले आवश्यक प्रक्रिया पूरा गरेर नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन)मा निवेदन दिएर स्वीकृति पाएपछि मात्रै आईपीओ निष्कासन गर्नेछ । 

    साताको लोकप्रीय