घोराही सिमेन्टको आइपिओ बिक्री खुला, प्रिमियम मूल्य कति तोकियो ? 

घोराही सिमेन्टको आइपिओ बिक्री खुला, प्रिमियम मूल्य कति तोकियो ? 

अर्थ डबली
बिहिवार, जेठ ३२ २०८०
अर्थ डबली
बिहिवार, जेठ ३२ २०८० (अर्काइभ बाट)
  • घोराही सिमेन्टको आइपिओ बिक्री खुला, प्रिमियम मूल्य कति तोकियो ? 

    काठमाडौँ / घोराही सिमेन्ट इन्डस्ट्रीले आजदेखि सर्वसाधारणको लागि प्राथमिक साधारण सेयर (आइपिओ) बिक्री खुला गरेको छ । कम्पनीले प्रतिकित्ता प्रिमियम मूल्य ४३५ रुपैयाँ पर्ने आइपिओ ६९ लाख ११ हजार ६७० कित्ता आइपिओ बिक्री खुला गरेको हो । 

    images
    images

    सर्वसाधारणले आगामी असार ४ गते सम्ममा आइपिओ खरिदका लागि आवेदन दिन सक्नेछन् । निर्धारित समयभित्र सेयर बिक्री नभएमा असार १४ गतेसम्म यसको सेयर खरिद गर्न सकिनेछ । 

    सेयर खरिदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १० लाख कित्ताका लागि आवेदन दिन सकिनेछ । कम्पनीको आइपिओ निष्कासन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड र नबिल इन्भेष्टमेन्ट बैङ्किङ्ग लिमिटेड रहेका छन् । 

    इच्छुक लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि(आस्बा सदस्य बैङ्क तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखा कार्यालयहरू तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले निर्माण गरेको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सी(आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्। 

    रेटिङ एजेन्सी केयर नेपालले घोराही सिमेन्टको आइपिओलाई केयर एनपी त्रिपल बी माइनस रेटिङ प्रदान गरेको छ । यसअघि वैशाख १९ देखि जेठ २ गतेसम्म आयोजना प्रभावित र वैदेशिक रोजगारीमा गएका नेपालीहरूका लागि सेयर बिक्री खुल्ला गरेको थियो । 

    नेपालको औद्योगीकरण र व्यापार प्रवर्धनमा उल्लेखनीय योगदान पुर्‍याउँदै राष्ट्रको विकासमा हातेमालो गर्ने लामो इतिहास बोकेका प्रख्यात त्रिवेणी समूहबाट प्रवर्दधित यस घोराही सिमेन्ट इन्डष्ट्रि लिमिटेड, क्लिंकर उत्पादन क्षमता र गुणस्तरीय सिमेन्ट उत्पादकका रूपमा स्थापित कम्पनी हो । 

    सो उद्योगको यसअघि दैनिक क्लिंकर उत्पादन क्षमता १९ सय टन र ग्राइन्डिङ क्षमता दैनिक २२ सय टन रहेको थियो । हाल उद्योगले क्षमता विस्तार गर्दै दैनिक ६ हजार टन क्लिंकर र ४ हजार टन ग्राइन्डिङ गर्ने क्षमता बनाएको छ । 

    साताको लोकप्रीय