नेशनल हाइड्रोपावरको हकप्रद शेयर सुरक्षित गर्ने आज अन्तिम दिन

नेशनल हाइड्रोपावरको हकप्रद शेयर सुरक्षित गर्ने आज अन्तिम दिन

अर्थ डबली
बिहिवार, जेठ ३२ २०८०
अर्थ डबली
बिहिवार, जेठ ३२ २०८० (अर्काइभ बाट)
  • नेशनल हाइड्रोपावरको हकप्रद शेयर सुरक्षित गर्ने आज अन्तिम दिन

    काठमाडौँ / नेशनल हाइड्रोपावर कम्पनीको हकप्रद शेयर सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले हकप्रद शेयर निष्काशनका लागि असार एक गते बुक क्लोजको मिति तय गरेको छ । त्यसकारण आज जेठ ३२ गतेसम्म शेयर खरिद गर्नेले कम्पनीको हकप्रद शेयरमा आवेदन दिन पाउने छन् ।

    images
    images

    कम्पनीले हकप्रद शेयर निष्काशनका लागि अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद निष्काशनको अनुमति दिएको हो ।

    कम्पनीको चुक्ता पूँजी एक अर्ब ६४ करोड रुपैयाँ रहेको छ । उक्त पूँजीको ५० प्रतिशत अर्थात ८२ करोड २१ लाख रुपैयाँको हकप्रद निष्काशन गर्नेछ । हकप्रद शेयर निष्काशन पछि चुक्ता पूँजी २ अर्ब ४६ करोड रुपैयाँ पुग्नेछ ।

    हकप्रद शेयर निष्काशनको लागि बिक्री प्रवन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ । कम्पनीले हकप्रद शेयर निष्काशनको अनुमति माग गर्दै २०७९ कार्तिक २२ गते धितोपत्र बोर्डमा आवेदन दिएको थियो ।

    साताको लोकप्रीय