सनराइज बैङ्कद्वारा नगद तथा चेक जम्मा गर्ने मेसिनको शुभारम्भ, कसरी प्रयोग गर्ने यो सुविधा ? 

सनराइज बैङ्कद्वारा नगद तथा चेक जम्मा गर्ने मेसिनको शुभारम्भ, कसरी प्रयोग गर्ने यो सुविधा ? 

अर्थ डबली
बिहिवार, जेठ ३२ २०८०
अर्थ डबली
बिहिवार, जेठ ३२ २०८० (अर्काइभ बाट)
  • सनराइज बैङ्कद्वारा नगद तथा चेक जम्मा गर्ने मेसिनको शुभारम्भ, कसरी प्रयोग गर्ने यो सुविधा ? 

    काठमाडौँ / सनराइज बैङ्कले मेसिनबाटै सोझै ग्राहकले नगद तथा चेक आफ्नो खातामा जम्मा गर्न सक्ने सेवाको शुभारम्भ गरेको छ । आफ्ना ग्राहकहरूलाई अधिकतम बैङ्किङ्ग सेवा तथा सुविधाहरू डिजिटल माध्यमद्वारा प्रदान गर्ने अभिप्रायले बैङ्कले उक्त सुविधा सुरु गरेको हो । 

    images
    images

    आज बिहीबार एक कार्यक्रमकाबिच बैङ्कका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले उक्त नयाँ सेवाहरूको उद्घाटन गरेका हुन् । 
    बैङ्कले नविनतम् सेवा सुबिधा दिने उद्देश्यका साथ ग्राहकहरूलाई बैङ्कमा रहेको आफ्नो वा अन्य  ग्राहकको खातामा नगद रकम जम्मा गर्न क्यास डिपोजिट मेसिन सञ्चालनमा ल्याएको हो । 

    यस सेवा अन्तर्गत ग्राहकहरूले बैङ्क कर्मचारीको सहयोग बिनै कुनै भौतिक फारम नभरी केबल खाता नम्बरको आधारमा मेसिनबाट सोझै नगद जम्मा गर्न सक्नेछन् र त्यस्तो रकम तुरुन्तै ग्राहकको खातामा जम्मा समेत हुन्छ ।

    यसै गरी KIOSK मेसिनको प्रयोग गरी ग्राहकहरूले कुनै पनि समयमा बैङ्क कर्मचारीको सहयोग बिनै आफै क्लियरिङ चेक जम्मा गर्न सक्नेछन्। 

    चेकहरू ग्राहकहरूको आवश्यकता तथा छनौट अनुसार सामान्य वा एक्सप्रेस क्लियरिङ अन्तर्गत जम्मा हुनेछ । साथै ग्राहकहरूले खाता मौज्दात, खाताको जानकारी, मिनी स्टेटमेन्ट र स्टेटमेन्ट प्रिन्ट पनि यसै KIOSK मेसिनबाट प्राप्त गर्न सक्नेछन् । 

    बैङ्कले क्यास डिपोजिट मेसिन (सिडिएम) सेवा हालको लागि आफ्नो गैरीधारा शाखामा र चेक डिपोजिट Kiosk सेवा गैरीधारा तथा न्युरोड शाखामा सञ्चालनमा ल्याएको छ र यी सेवाहरूलाई निकट भविष्यमा अन्य शाखाहरूमा समेत विस्तार गर्ने योजना बनाएको छ ।

    सनराइज बैङ्क सधैं आधुनिक तथा नविनतम् सेवाहरू प्रदान गर्न अग्रसर रहेको छ । यस्ता नयाँ प्रणालीहरूको प्रयोगबाट नगद तथा चेक जम्मा गर्ने लगायतका सेवाहरू प्राप्त गर्न भौतिक फारम भर्नुपर्ने तथा बैङ्कको काउन्टरमा लाइन बस्नु पर्ने हालको अवस्था अन्त्य भई ग्राहकहरूलाई सहज सुविधा पुग्ने बैङ्कका सिइओ शर्माले बताए ।

    साताको लोकप्रीय