नेपालमा स्थानीय र पश्चिमी वायुसँगै मनसुनी प्रणालीको प्रभाव, यी क्षेत्रमा मेघगर्जन र चट्याङ्गसहित बर्षाको सम्भावना 

नेपालमा स्थानीय र पश्चिमी वायुसँगै मनसुनी प्रणालीको प्रभाव, यी क्षेत्रमा मेघगर्जन र चट्याङ्गसहित बर्षाको सम्भावना 

अर्थ डबली
शुक्रवार, असार १ २०८०
अर्थ डबली
शुक्रवार, असार १ २०८० (अर्काइभ बाट)
  • नेपालमा स्थानीय र पश्चिमी वायुसँगै मनसुनी प्रणालीको प्रभाव, यी क्षेत्रमा मेघगर्जन र चट्याङ्गसहित बर्षाको सम्भावना 

    काठमाडौँ / मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पूर्वी तथा मध्य भूभागमा मनसुनी प्रणालीको प्रभाव रहेको  छ भने बाँकी भूभागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ।

    images
    images

    आज शुक्रबार कोशी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ।

    कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानहरूमा, बाँकी पहाडी भूभागका थोरै स्थानहरुमा र कोशी प्रदेशका तराईका भूभागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

    शनिबार कोशी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। कोशी,  बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी पहाडी भूभागका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

    आइतबार कोशी प्रदेशमा सामान्य बदली रहनुका साथै सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। कोशी प्रदेशका पहाडी भूभागका केही स्थानहरूमा, कोशी प्रदेशका तराई भूभागका साथै देशका बाँकी पहाडी भूभागका थोरै स्थानहरुमा र देशका बाँकी तराई भूभागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

    देशका मध्य तथा पश्चिम तराईका भूभागहरूमा अत्याधिक गर्मी हुने सम्भावना यथावत् देखिन्छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानहरूमा, बाँकी पहाडी भूभागका थोरै स्थानहरुमा र कोशी प्रदेशका तराईका भूभागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । तसर्थ, अत्याधिक गर्मी, मेघगर्जन र चट्याङ्ग तथा वर्षाबाट हुनसक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् । 

    साताको लोकप्रीय