विपद् व्यवस्थापनका लागि सरकारसँग ६ अर्ब मौज्दात, यस बर्ष मनसुनबाट साढे १२ लाख मानिस प्रभावित हुने अनुमान 

विपद् व्यवस्थापनका लागि सरकारसँग ६ अर्ब मौज्दात, यस बर्ष मनसुनबाट साढे १२ लाख मानिस प्रभावित हुने अनुमान 

विपद् व्यवस्थापन कोषमा रहेको रकममध्ये सबैभन्दा बढी प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा ३ अर्ब १० करोड ६७ लाख १७ हजार रुपैयाँ मौज्दात रहेको छ ।

अर्थ डबली
शुक्रवार, असार १ २०८०
अर्थ डबली
शुक्रवार, असार १ २०८० (अर्काइभ बाट)
  • विपद् व्यवस्थापनका लागि सरकारसँग ६ अर्ब मौज्दात, यस बर्ष मनसुनबाट साढे १२ लाख मानिस प्रभावित हुने अनुमान 

    काठमाडौँ /  नेपाल सरकारको विपद् व्यवस्थापन कोषमा ६ अर्ब रुपैयाँ रहेको छ । उक्त कोषको रकम विपद्जन्य घटनाको उद्धार, अस्थायी बसोबास, खाद्यान्न, आर्थिक सहायतलगायतमा खर्च हुन्छ । तोकिएका बाहेकको क्षेत्रमा यसको रकम खर्च गर्न नपाइने कानुनी व्यवस्था छ । 

    images
    images

    कोषमा रहेको ६ अर्ब ३ करोड १२ लाख ९५ हजार रुपैयाँमध्ये सबैभन्दा बढी प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा ३ अर्ब १० करोड ६७ लाख १७ हजार रुपैयाँ मौज्दात रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले जानकारी दिए । 

    यस्तै, विपद् व्यवस्थापन कोषमा १ अर्ब ८१ करोड ८९ लाख ९० हजार रुपैयाँ छ । प्रदेश विपद् व्यवस्थापन कोषमा ५१ करोड ३३ लाख तथा जिल्ला विपद् व्यवस्थापन कोषमा ५९ करोड २२ लाख ८८ हजार रुपैयाँ रकम रहेको जनाइएको छ । 

    यसपालिको मनसुनमा १२ लाख ५० हजार नागरिक प्रभावित हुने अनुमान गरिएकाले सोहीअनुसार विपद् प्रतिकार्य योजना बनाइ लागु गरिएको छ । 

    साताको लोकप्रीय