नागरिक उड्डयन प्राधिकरणले मेयर बालेनलाई सोध्यो स्पष्टीकरण

नागरिक उड्डयन प्राधिकरणले मेयर बालेनलाई सोध्यो स्पष्टीकरण

अर्थ डबली
शुक्रवार, असार १ २०८०
अर्थ डबली
शुक्रवार, असार १ २०८० (अर्काइभ बाट)
  • नागरिक उड्डयन प्राधिकरणले मेयर बालेनलाई सोध्यो स्पष्टीकरण

    काठमाडौँ / नागरिक उड्डयन प्राधिकरणले काठमाडौँ महानगरपालीकाका मेयर बालेन्द्र शाह (बालेन) लाई स्पष्टीकरण साधेको छ । 

    images
    images
    images

    विमानस्थलको निषेधित क्षेत्रभित्र निर्माणाधीन भवनको निर्माण कार्य रोक्न निर्देशन दिएकोबारे उड्डयन प्राधिकरणले मेयरसँग स्पष्टीकरण माग गरेको हो । उनलाई सात दिनभित्र लिखित स्पष्टीकरण बुझाउन भनिएको छ।

    उड्डयन प्राधिकरणले भने निर्माण रोक्नुअघि महानगरले कुनै जानकारी नदिएको बताएको छ । साथै लिखित पत्र र आधिकारिक जानकारी माग गर्दा नगर प्रमुखको आदेश बमोजिमको काम भएर त्यहीँ गएर बुझ्नू भन्ने जवाफ पाएको भन्दै उड्डयन प्राधिकरणले  नेपाल नागरिक उड्डयन प्राधिकरण ऐनको दफा २५ (१) बमोजिम सजाय किन नगर्ने हो ? भन्दै बालेनलाई स्पष्टीकरण सोधेको छ ।

    बिहीबार नगर प्रहरी उपरीक्षक राजु पाण्डेले कुनै जानकारीबिना अन्य नगर प्रहरीलाई तार काट्न लगाएको प्राधिकरणको भनाइ छ। प्राधिकरणका कर्मचारीले तार नकाट्दा अनुरोध गरेता पनि नगर प्रमुखको आदेशबमोजिम आफूहरूले सो कार्य गरेको उनीहरूले बताएका थिए।

    हेर्नुहोस् स्पष्टीकरणः 

    1.JPG

    साताको लोकप्रीय