सुदूरपश्चिम प्रदेश सरकारले ल्यायो २९ अर्ब २६ करोड ५९ लाखको बजेट (पूर्णपाठ)

सुदूरपश्चिम प्रदेश सरकारले ल्यायो २९ अर्ब २६ करोड ५९ लाखको बजेट (पूर्णपाठ)

अर्थ डबली
शुक्रवार, आषाढ १ २०८०
अर्थ डबली
शुक्रवार, आषाढ १ २०८० (अर्काइभ बाट)
  • सुदूरपश्चिम प्रदेश सरकारले ल्यायो २९ अर्ब २६ करोड ५९ लाखको बजेट (पूर्णपाठ)

    सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि कुल २९ अर्ब २६ करोड ५९ लाख ३२ हजार रुपैयाँको बजेट ल्याएको छ । 

    images
    images

    शुक्रबार प्रदेश मुख्यमन्त्री कमलबहादुर साहले पुँजीगततर्फ १७ अर्ब २ करोड २३ लाख ६० हजार अर्थात् ५८.१६ प्रतिशत विनियोजन गरिएको बताए । त्यस्तै, चालु ९ अर्ब ५९ करोड ६० लाख २ हजार रुपैयाँ अर्थात् ३२.७९ प्रतिशत विनियोजित गरिएको घोषणा गरे । 

    अन्तरसरकारी वित्त हस्तान्तरण अन्तर्गत २ अर्ब ३४ करोड ७५ लाख ७० हजार रुपैयाँ अर्थात् ८.०२ प्रतिशत र वित्तीय व्यवस्थातर्फ ३० करोड रुपैयाँ अर्थात् १.०३ प्रतिशत हुने गरी विनियोजन भएको छ । 

    प्रदेश सरकारले आर्थिक वर्ष २०८०/८१ का लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये आन्तरिक राजस्व परिचालनबाट १ अर्ब ५० करोड, नेपाल सरकारबाट राजस्व बाँडफाँट भई प्राप्त हुने अनुमानित रकम ९ अर्ब ४१ करोड १७ लाख रुपैयाँ, संघीय रोयल्टी बाँडफाँट भै प्राप्त हुने ६ करोड ५६ लाख ८ हजार रुपैयाँ, नेपाल सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान ८ अर्ब ५२ करोड ३ लाख रुपैयाँ रहेको छ ।

    चालू आर्थिक वर्षको विनियोजनबाट बचत हुने अनुमानित रकम ३ अर्ब ८६ करोड ६७ लाख २४ हजार रुपैयाँ, ससर्त अनुदानबाट प्राप्त हुने ४ अर्ब ५१ करोड १६ लाख रुपैयाँ, संघीय समपूरक अनुदानबाट प्राप्त हुने अनुमान गरिएको ७७ करोड रुपैयाँ र विशेष अनुदानबाट प्राप्त हुने अनुमान गरिएको ६२ करोड रुपैयाँ प्राप्त हुने अनुमान गरेको अर्थमन्त्री नरेश कुमार शाहीले बताए । 

    साताको लोकप्रीय