आजको कोशी र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आग्रह 

आजको कोशी र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आग्रह 

अर्थ डबली
आइतवार, असार ३ २०८०
अर्थ डबली
आइतवार, असार ३ २०८० (अर्काइभ बाट)
  • आजको कोशी र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आग्रह 

    हाल देशको पूर्वी तथा मध्य भूभागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू-भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।

    images
    images

    यसका कारण हाल कोशी प्रदेशको थोरै र कर्णाली प्रदेश पहाडी भूभागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानमा, कोशी प्रदेशका तराई भूभागका साथै देशका बाँकी पहाडी भेगका थोरै स्थान र देशका बाँकी तराई भूभागमा एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी र गण्डकी प्रदेशको एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले हुनसक्ने जोखिमबाट बच्न सतर्क रहन मौसमविद्ले आग्रह गरेका छन् । 

    साताको लोकप्रीय