एनसेलले ल्यायो आकर्षक अनलिमिटेड भ्वाइस प्याकहरु, ग्राहकलाई के–के छ सुविधा ? 

एनसेलले ल्यायो आकर्षक अनलिमिटेड भ्वाइस प्याकहरु, ग्राहकलाई के–के छ सुविधा ? 

अर्थ डबली
आइतवार, असार ३ २०८०
अर्थ डबली
आइतवार, असार ३ २०८० (अर्काइभ बाट)
  • एनसेलले ल्यायो आकर्षक अनलिमिटेड भ्वाइस प्याकहरु, ग्राहकलाई के–के छ सुविधा ? 

    काठमाडौँ / एनसेलले आफ्ना ग्राहकहरूको लागि आकर्षक अनलिमिटेड भ्वाइस प्याकहरू सार्वजनिक गरेको छ । 

    images
    images

    एनसेल आजियाटा लिमिटेडले ग्राहकहरुको सञ्चार सेवाको आवश्यकतालाई ध्यानमा राख्दै अझै सुलभ दरमा सेवा लिन सकिने गरि तीन अनलिमिटेड भ्वाइस प्याकहरु संचालनमा ल्याएको हो । 

    अब एनसेलको सबै ग्राहकले नेपालका कुनैपनि मोबाइल नम्बरमा कल गर्न मिल्ने अनलिमिटेड अल–नेटवर्क र एनसेलकै नम्बरहरुमा कल गर्न मिल्ने अनलिमिटेड टकटाइमका प्याकहरुबाट फाइदा लिन सक्ने कम्पनीले जनाएको छ । 

    प्रिपेड र पोष्टपेड दुवै सेवाका ग्राहकले प्रयोग गर्न सक्ने यी अनलिमिटेड टकटाइम रहेका प्याकहरु बिहिबार (जेठ ३२) बाट संचालनमा आएको कमपनीले जनाउको छ । आफ्नो भ्वाइस सेवाको आवश्यकता अनुसार ग्राहकले १ दिने अल–नेट अनलिमिटेड भ्वाइस प्याक, १ दिने अन–नेट अनलिमिटेड भ्वाइस प्याक वा ७ दिने समयासिमा रहेको अन–नेट अनलिमिटेड भ्वाइस प्याक लिन सक्ने कम्पनीले जनाएको छ । 

    १ दिने अल–नेट अनलिमिटेड प्याक अन्तर्गत ग्राहकले कर सहित मात्र रु २५ मा बिहान ५ बजे देखि साझँ ५ बजे सम्म नेपालका देशका कुनैपनि मोबाइल नेटवर्कका नम्बरहरुमा अनलिमिटेड भ्वाइस सेवाको फाइदा लिन सक्छन् । ग्राहकहरुले सजिलै एष्ट्रिक्स१७११८एष्ट्रिक्स१एष्ट्रिक्स५ह्यास डायल गरि यो प्याक लिन सक्छन् । त्यसैगरी एष्ट्रिक्स१७११८एष्ट्रिक्स३एष्ट्रिक्स४ह्यास डायल गरि एनसेलका अन्य नम्बरहरुमा २४ घन्टासम्म अनलिमिटेड कल गर्न सकिने १ दिने अन–नेट अनलिमिटेड टकटाइम कर सहित मात्र रु ३० मा सुचारु गर्न सकिने छ । 

    एनसेलका अन्य नम्बरहरुमा कुराकानी गर्नका लागि धेरै टकटाइम आवश्यक भएका ग्राहकहरुले ७ दिन समयावधि रहेको अन–नेट अनलिमिटेड प्याक लिन सक्छन् । यो प्याकको कर सहित रु १५० पर्दछ । ग्राहकले एष्ट्रिक्स१७११८एष्ट्रिक्स४एष्ट्रिक्स३ह्यास डायल गरि यो प्याक सुचारु गर्न सकिने छ । 

    आफ्ना ग्राहकहरुलाई सुलभ दरमा सेवा प्रदान गर्ने कम्पनीको प्रतिवद्धता अनुसार यी अनलिमिटेड भ्वाइस प्याकहरु ल्याइएको एनसेलले जनाएको छ । अल–नेट होस् वा अन–नेट जुन सुकै नेटवर्कमा सहजै सम्पर्कमा रहिरहन यी प्याकहरुले ठूलो महत्व राख्ने विश्वास एनसेलले राखेको छ ।

    साताको लोकप्रीय