रद्द भयो घोराही सिमेन्टको आइपिओ, शङ्कास्पद कारोबारको छानबिन हुने

रद्द भयो घोराही सिमेन्टको आइपिओ, शङ्कास्पद कारोबारको छानबिन हुने

अर्थ डबली
सोमवार, असार ४ २०८०
अर्थ डबली
सोमवार, असार ४ २०८० (अर्काइभ बाट)
  • रद्द भयो घोराही सिमेन्टको आइपिओ, शङ्कास्पद कारोबारको छानबिन हुने

    काठमाडौँ / प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्ने घोराही सिमेन्टको सम्पूर्ण निष्कासन प्रक्रिया रोक्का भएको छ । 

    images
    images

    नेपाल धितोपत्र बोर्ड (सेबोन) ले तत्काललाई घोराही सिमेन्टको प्राथमिक सेयर (आइपिओ) निष्कासन रोक्का गर्न निर्देशन दिएको हो । 

    आईपीओका लागि तोकिएको समय सीमासम्ममा बिक्री कित्ताभन्दा दोब्बरले आवेदन परिसक्दा समेत थप तीन दिन म्याद थपेको आधारमा सेबोनले कम्पनीको आईपीओ बिक्री प्रबन्धक हिमाल क्यापिटललाई सार्वजनिक निष्कासन कार्य स्थगन गर्ने निर्देशन गरेको हो । 

    केयर रेटिङ नेपाललाई कम्पनीको प्राथमिक सेयर रेटिङ नियम विपरीत गरेरनगरेको भन्दै तीन दिनभित्र जवाफ पठाउन बोर्डले गत जेठ ३० गते पत्राचार गरेको थियो। रेटिङ कम्पनीले तोकेको दिनमा जवाफ नपठाएको भन्दै प्राथमिक सेयर निष्कासनमा समेत रोक्न लगाएको हो। 

    कम्पनीले सामूहिक लगानी कोष, स्थानीय र वैदेशिक कामदारलाई खुला गरेको सेयर समेत बिक्री भएको थिएन। तर, सर्वसाधारणको लागि जारी गरेको सेयरमा मागभन्दा बढी आवेदन परे पनि आवेदन दिने मिति आजै थपेको थियो। 

    यसक्रममा कम्पनीको सेयरमा १४ जनाभन्दा धेरैले आफ्नो बैंक खातामा रकम नभएपनि ८४ लाखभन्दा बढी कित्ता सेयरको लागि आवेदन गरिएको पाइएको छ। 

    कम्पनीकै तर्फबाट समेत यस्तो भएको हुनसक्ने भन्दै तत्काललाई सेयर जारी प्रक्रिया नै रोक्न धितोपत्र बोर्डले निर्देशन दिएको बताए।

    लगानीकर्ताहरूको सुरक्षा तथा हित संरक्षणलाई मध्यनजर गर्दै उक्त कम्पनीको रेटिङ र सार्वजनिक निष्कासन सम्बन्धी कैफियतको जाँचबुझका लागि हाललाई घोराही सिमेन्ट इन्डस्ट्री लिमिटेडको सार्वजनिक निष्कासनको सम्पूर्ण प्रक्रिया स्थगन गर्न निर्णय गरिएको बोर्डले जनाएको छ ।

    साताको लोकप्रीय