आज छ ओटा प्रदेशमा मेघगर्जन र चट्याङ्गसहित बर्षाको सम्भावना, सतर्कता अपनाउन मौसमविद्को आग्रह 

आज छ ओटा प्रदेशमा मेघगर्जन र चट्याङ्गसहित बर्षाको सम्भावना, सतर्कता अपनाउन मौसमविद्को आग्रह 

अर्थ डबली
मंगलवार, आषाढ ५ २०८०
अर्थ डबली
मंगलवार, आषाढ ५ २०८० (अर्काइभ बाट)
  • आज छ ओटा प्रदेशमा मेघगर्जन र चट्याङ्गसहित बर्षाको सम्भावना, सतर्कता अपनाउन मौसमविद्को आग्रह 

    काठमाडौँ / मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पूर्वी तथा मध्य भूभागमा मनसुनी प्रणालीको प्रभाव छ भने बाँकी भूभागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

    images
    images

     आज दिउँसो कोशी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहि बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यता सफा रहनेछ। 

    कोशी र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा  बागमती,  लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै गण्डकी प्रदेशको एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

    देशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावनाका साथै कोशी  र गण्डकी प्रदेशको एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। 

    भोलि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा तथा कोशी, कर्णाली र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

    मेघगर्जन र चट्याङ्ग, बाढी, पहिरो भूक्षय तथा गेग्रान बहाव तथा वर्षाका कारण नदीको स्तर बढेर हुनसक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।

    साताको लोकप्रीय