अब नयाँ नेपाली चलचित्र डिशहोममा मात्र प्रदर्शन हुने

अब नयाँ नेपाली चलचित्र डिशहोममा मात्र प्रदर्शन हुने

अर्थ डबली
बुधवार, असार ६ २०८०
अर्थ डबली
बुधवार, असार ६ २०८० (अर्काइभ बाट)
  • अब नयाँ नेपाली चलचित्र डिशहोममा मात्र प्रदर्शन हुने

    काठमाडौँ / बर्षभरि रिलिज भएका सर्वाधिक (सुपरहिट) सफल नेपाली चलचित्रहरु, डिशहोममा मात्र Exclusive प्रदर्शन हुने भएको छ । 

    images
    images

    विभिन्न कारणवस हलसम्म गएर मन परेको नयाँ चलचित्र हेर्न छुटाएका दर्शकहरुले अब डिशहोम मार्फत सपरिवार एकै साथ वसेर हेर्न सकिने कम्पनीले जनाएको छ । 

    प्रेम गीत ३, छक्का पञ्जा ४, चिसो मान्छे, प्रकास, कृष्ण लिला, माइकल अधिकारी, नाई नभन्नु ल ६, प्रसाद २, झिँगे दाउ जस्ता नयाँ र दर्शकहरुले अत्याधिक रुचाएको चलचित्रहरु डिशहोम सिनेमाघर च्यानल नं. १०८ मा दैनिक ८ शो विहान १, ४, ७, १०, दिउँसो १, ४, साँझ ७ र राती १० वजे प्रदर्शन हुने भएको हो । 

    सिनेमाघर च्यानल नं. १०८ मा चलचित्र हेर्न डिशहोमको ग्राहक सेवा केन्द्रको फोन नं. १६६००१२२००० मा फोन गरेर, नजिकैको डिशहोम विक्रेता वा डिलरदाई मार्फत सेवा लिएर र आफ्नै मोवाईल वाट एसएमएस पठाएर चलचित्र हेर्न सकिने कम्पनीले जनाएको छ । 

    डिशहोमको यो प्रयासले सपरिवार संगै तथा आफुले चाहेको समयमा नयाँ चलचित्र हेर्न सकिने विश्वास कम्पनीले लिएको छ । यस्तै नेपाली चलचित्रप्रति दर्शकहरुको चासो र माया वढ्नुका साथै नेपाली चलचित्रको विकास तथा प्रवर्धनमा समेत टेवा पुग्नेमा कम्पनीले विश्वास लिएको छ । 

    साताको लोकप्रीय