पन्ध्र वर्षमा तीन सय २९ गैँडा मरे, कुन बर्षमा कति ? 

पन्ध्र वर्षमा तीन सय २९ गैँडा मरे, कुन बर्षमा कति ? 

अर्थ डबली
शुक्रवार, असार ८ २०८०
अर्थ डबली
शुक्रवार, असार ८ २०८० (अर्काइभ बाट)
  • पन्ध्र वर्षमा तीन सय २९ गैँडा मरे, कुन बर्षमा कति ? 

    चितवन / चितवन राष्ट्रिय निकुञ्ज र यस आसपासका क्षेत्रमा विगत १५ वर्षको अवधिमा तीन सय २९ गैँडा मरेका छन् । आर्थिक वर्ष २०६५/६६ देखि हालसम्म सो सङ्ख्यामा गैँडा मृत भेटिएका हुन् ।

    images
    images

    निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार १५ वर्षको अवधिमा सबैभन्दा बढी आथिक वर्ष २०७५/७६ मा गैँडा मरेका थिए । सो आर्थिक वर्षमा ४३ वटा गैँडा मरेको उनले जानकारी दिए । उनका अनुसार आर्थिक वर्ष २०६९/७० मा सबैभन्दा कम १० वटा गैँडा मरेका थिए ।

    निकुञ्जको तथ्याङ्कानुसार आर्थिक वर्ष २०६५/६६ मा १७, आर्थिक वर्ष २०६६/६७ मा २५, आर्थिक वर्ष २०६७/६८ मा १६, आर्थिक वर्ष २०६८/०६९ मा १३, आर्थिक वर्ष २०७०/७१ मा ११ वटा गैँडा मरेका थिए ।

    यस्तै, आर्थिक वर्ष २०७१/७२ मा ११, आर्थिक वर्ष २०७२/७३ मा १४, आर्थिक वर्ष २०७३/७४ मा २५, आर्थिक वर्ष २०७४/७५ मा २६, आर्थिक वर्ष २०७६/७७ मा २६ वटा गैँडा मरेको निकुञ्जले जनाएको छ । तिवारीका अनुसार आर्थिक वर्ष २०७७/७८ मा ३३, आर्थिक वर्ष २०७८/७९ मा ३७ र चालु आर्थिक वर्षमा २२ वटा गैँडा मरेका छन् ।

    कालगतिले, चोरी सिकारीले, जुधेर, दलदलमा फसेर, बाघको आक्रमणबाट ती गैँडा मरेका हुन् । गैँडाको सङ्ख्या बढ्दै जाँदा बासस्थानको अभावले गैँडा मर्ने क्रम रोक्न नसकिएको उनले जानकारी दिए । गैँडा संरक्षणका लागि निकुञ्ज आसपास बसोबास गर्ने जनता, संरक्षणकर्मी, निकुञ्ज सुरक्षार्थ खटिएका कर्मचारीहरू लागिपरेको उनले बताए । चितवन राष्ट्रिय निकुञ्जमा पछिल्लो गणना अनुसार छ सय ९४ गैँडा रहेका छन् ।

    साताको लोकप्रीय