रिडी पावरको विशेष साधारण सभा सम्पन्न, ५० प्रतिशत हकप्रद सेयर पारित

रिडी पावरको विशेष साधारण सभा सम्पन्न, ५० प्रतिशत हकप्रद सेयर पारित

अर्थ डबली
शुक्रवार, असार ८ २०८०
अर्थ डबली
शुक्रवार, असार ८ २०८० (अर्काइभ बाट)
  • रिडी पावरको विशेष साधारण सभा सम्पन्न, ५० प्रतिशत हकप्रद सेयर पारित

    काठमाडौँ / रिडी पावर कम्पनी लिमिटेडको विशेष साधारणसभा सम्पन्न भएको छ । सभा आज शुक्रबार नयाँ बानेश्वको  इन्द्रेणी कम्प्लेक्समा सम्पन्न भएको हो । 

    images
    images
    images

    सभाले ५० प्रतिशत हकप्रद सेयर पारित गरेको छ । कम्पनीले अब साझा पावार डेभलपमेन्ट प्राइभेट लिमिटेडले निर्माण गर्ने २० मेगावाट क्षमताको तल्लो बलेफी खोला जलविद्युत आयोजनामाको लागि १०० अंकित दरको १ कित्ता बराबर शून्य दशमलव ५० कित्ताको अनुपातमा ७७ लाख ४४ हजार ५०६ कित्ता हकप्रद सेयर निष्काशन गर्ने जनाएको छ ।   

    हाल कम्पनीको चुक्तापूँजी ५८ करोड ५५ लाख ५८ हजार रहेको छ । हकप्रद सेयर निष्काशनपछि कम्पनीको अधिकृत पूँजी, जारी पूँजी, र चुक्तापूँजी बृद्धि हुने भएकाले सोही बमोजिम प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि सभाले पारित गरेको छ । 

    कम्पनीलाई हकप्रद सेयर निष्काशनका लागि विद्युत नियमन आयोगले बैशाख ३ गते अनुमति प्रदान गरिसकेको छ । विशेष साधारण सभालाई सम्बोधन गर्दै रिडी पावरका अध्यक्ष संजिव न्यौपानेले सेयरधनीहरुको उच्च प्रतिफलका लागि आफूहरु लागि रहने बताए ।

    त्यसै गरी सभामा कम्पनीका प्रबन्ध निर्देशक कुबेरमणि नेपालले २० मेगावाट क्षमताको तल्लो बलेफी खोला जलविद्युत आयोजनाको बारेमा सेयरधनीलाई प्रष्ट पारेका थिए । कम्पनीले २० मेगावाट क्षमताको तल्लो बलेफी खोला जलविद्युत आयोजनाको लागि प्रमोटर सेयर समेत खुलाएको छ । 

    इच्छुक लगानीकर्ताले केन्द्रिय कार्यालय ट्रेड टावार थापाथलीको पाँचौ तल्लमा सिधै सम्पर्क गर्न सक्नुहुनेछ । हकप्रद सेयर पाएसँगै साधारणसभामा बोल्ने सेयरधनीहरुले बलेफी खोला जलविद्युत आयोजनाको लागि शुभकामना व्यक्त गरेका थिए ।

    यो कम्पनीको निर्माण सुरु भएको मितिबाट २ वर्ष भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य कम्पनीले लिएको छ ।  बलेफी तल्लो खोला जलविद्युत आयोजनामा ४ सय ४० करोड लगानीमा बन्ने छ ।  जसमा कुमारी बैंकको अघुवाईमा ७५ प्रतिशत  ऋण  गरेको छ ।

    साताको लोकप्रीय