इटालियन ब्राण्डको विद्युतीय स्कुटरले ल्यायो मनसुन अफर, हरेक मोडेलमा २१ हजारसम्मको छुट

इटालियन ब्राण्डको विद्युतीय स्कुटरले ल्यायो मनसुन अफर, हरेक मोडेलमा २१ हजारसम्मको छुट

अर्थ डबली
शुक्रवार, असार ८ २०८०
अर्थ डबली
शुक्रवार, असार ८ २०८० (अर्काइभ बाट)
  • इटालियन ब्राण्डको विद्युतीय स्कुटरले ल्यायो मनसुन अफर, हरेक मोडेलमा २१ हजारसम्मको छुट

    काठमाडौँ / इटालियन ब्राण्ड इकोविट का विद्युतीय स्कुटरहरु नेपाली बजारमा सार्वजनिक भएको छ । 

    images
    images

    वातावरणीय प्रभावको सँगसँगै प्रविधिमा भएको आमुल विकासले विश्व बजार नै विद्युतीय सवारीसाधनको उत्पादन तथा प्रयोगमा अघि बढिरहेको परिपेक्षमा कम्पनीले यस क्षेत्रमा टेवा पुगोस भन्ने उद्देश्यले इटालियन ब्राण्ड इकोविट का विद्युतीय स्कुटरहरु नेपाली बजारमा सार्वजनिक गरेको हो । 

    पहिलो पटक करिब ७ महिना अघि नेपाल भित्र्याईएका यी स्कुटरहरु निक्कै बलिया र आकर्षण भएको कम्पनीके दाबी रहेको छ । सामान्यतयाः बजारमा विद्युतीय स्कुटर भन्ने वित्तिकै कमजोर पो छ कि भन्ने आम बुझाइलाई यस स्कुटरको गुणस्तरले पक्कै पनि परिवर्तन गर्ने छ भन्ने विश्वास कम्पनीले राखेको छ । 

    ‘गुणस्तर र डिजाइनमा उत्कृष्ट हुँदाहुदै पनि ग्राहकहरुको चाहनालाई मध्येनजर गर्दै यहि असार ८ गते देखि लागु हुने गरी हामीले मनसुन अफरको शुरुवात गरेका कम्पनीले बताएको हो । 
     
    मनसुन अफर अन्तर्गत हामीले इकोविट ब्राण्डका हरेक मोडेलमा रु २१ हजारको छुटको व्यवस्था गरेका कम्पनीले जनाएको छ । साथै एक बर्षको कर र विमा समेत कम्पनीले नै गरिदिने तथा हरेक स्कुटरको साथमा एउटा हेलमेट निःशुल्क दिने कमपनीले बताए । यो अफर यहि असार मसान्त सम्म लागु गरिनेछ ।

    साताको लोकप्रीय