हेवाखोला र सभाखोलाको बगरमा बेपत्ता खोज्दै मोति र पिक्कु

हेवाखोला र सभाखोलाको बगरमा बेपत्ता खोज्दै मोति र पिक्कु

अर्थ डबली
शनिवार, असार ९ २०८०
अर्थ डबली
शनिवार, असार ९ २०८० (अर्काइभ बाट)
  • हेवाखोला र सभाखोलाको बगरमा बेपत्ता खोज्दै मोति र पिक्कु

    सङ्खुवासभामा बाढीपहिरामा परी बेपत्ता भएकाको खोजीकार्यका लागि तालिम प्राप्त कुकुर परिचालन गरिएको छ । असार २ गते राति अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण २० जना बेपत्ता भएका थिए । 

    images
    images

    एक सातासम्म पनि बेपत्ता भएकाहरु फेला नपरेपछि तालिम प्राप्त कुकुर माग गरी खोजी थालिएको हो । तालिम प्राप्त मोति र पिक्कु नाम गरेका कुकुर बेपत्ताको खोजी गर्न परिचालन गरिएको हो ।

    नेपाल प्रहरीले धरानबाट ल्याइएको तालिम प्राप्त दुई वटा कुकुरको सहायतामा आज बिहान सभाखोलादेखि खोजी थालिएको सङ्खुवासभाका प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले जानकारी दिए । 

    नेपाल प्रहरीको तालिम प्राप्त कुकुरले हेवाखोला र सभाखोला किनारमा बेपत्ताको खोजी गरिरहेको उनले बताए । मोति र पिक्कुसँगै प्रहरी, सेना र सशस्त्र प्रहरी गरी झण्डै एक सुरक्षाकर्मी परिचालन गरिएको छ । 

    खोला किनारमा ६० फिटभन्दा बढी बालुवा थुप्रिएका कारण उद्धार टोलीलाई बालुवा हटाउन समस्या भएको छ ।

    बाढीपहिरामा बेपत्ता भएकाको सुरक्षाकर्मीको टोलीले एक सातादेखि खोजी जारी राखे पनि उनीहरूको अवस्था पत्ता नलागेपछि तालिम प्राप्त कुकुर ल्याएर खोजीलाई तीव्रता दिइएको प्रजिअ कार्कीले बताए । 

    उनका अनुसार कुकुरको सहायतामा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले आज र भोलि हेवाखोला र सभाखोला किनार आसपास खोजी गर्नेछन् । बेपत्ताको खोजीका लागि हेवाखोला र सभाखोलाको बगरमा अन्य सुरक्षाकर्मी पनि परिचालित छन् ।

    बाढीपहिराका कारण जिल्लाका विभिन्न स्थानका २१ घरपरिवार विस्थापित भएका छन् । विस्थापित भएका २१ घर परिवारमध्ये १२ घर पूर्ण क्षति भएका छन् । 

    बाढीपहिरोमा परी बेपत्ता भएका २० जनामध्ये सुपर हेवाखोला जलविद्युत्का १६ जना, अपर हेवाखोला जलविद्युत् आयोजनाका एक, अमर कन्ट्रक्सनका एक र सभाखोपरी गाउँपालिकाका दुई जना छन् । 

    बाढीपहिराका कारण जिल्लाका आठ जलविद्युत् आयोजनामा क्षति पुगेको छ भने बाढीले भौतिक संरचना बगाउँदा करोडौँको क्षति भएको छ ।

    साताको लोकप्रीय