जिल्ला प्रशासन कार्यालय ललितपुरमा बयान दिने मिटरब्याजीहरू बढ्न थाले 

जिल्ला प्रशासन कार्यालय ललितपुरमा बयान दिने मिटरब्याजीहरू बढ्न थाले 

अर्थ डबली
आइतवार, असार १० २०८०
अर्थ डबली
आइतवार, असार १० २०८० (अर्काइभ बाट)
  • जिल्ला प्रशासन कार्यालय ललितपुरमा बयान दिने मिटरब्याजीहरू बढ्न थाले 

    काठमाडौँ / सरकारले अनुचित लेनदेन समस्या (मिटरब्याज) सामाधानको लागि गठन गरेको विशेष आयोगमा देशभरका पिडितका २२ हजार बढी उजुरी परिसकेका छन् । 

    images
    images

    २०७९ चैत्र २० गते मिटरब्याज सम्बन्धी आयोग गठन गरी पिडितहरूलाई २०८० जेठ १४ गतेसम्म उजुरी गर्न समय दिइएको थियो । सो समयावधि भित्र मधेशका ८ जिल्ला (सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, बारा र रौतहट)मा मात्र १७ हजार ८०० र पश्चिम नवलपरसीमा १ हजार ८८९ वटा उजुरी परेको आयोगले शनिवार जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख छ । 

    ललितपुरमा गुण्डागर्दी र राजनीतिक नेताका छत्रछायाँमा जनतालाई अप्ठेरोको बेला रकम दिएर खाली चेक लिने र मनोमानी रकम भर्ने, दिएको रकम भन्दा दसौँ गुणा रकम डर, धम्की देखाइ असुल्ने, चेक फिर्ता नदिने् र  उल्टै बङ्ैकिङ कसुरका मुद्दा हाल्ने, बैङ्क ब्लाकलिष्ट गरिदिने जस्ता गतिविधहरू भइरहेको एक पिडितले बताए ।

     आयोग बनेपछि आफुहरूले न्याय पाउने आश पलाएको उनले बताए । त्यस्ता मिटरब्याजीहरू मोजमस्तीमा रमाएका, करोडौका गाडी चढ्ने, शहरका चोकचोकमा रोपनीका रोपनी जग्गा जोड्ने, विभिन्न सहकारीमा करोडौँ अपारदर्शी नगद राख्ने गरेको उनले बताए । 

    उनीहरूविरुद्ध अहिले उजुरी परेपछि जिल्ला प्रशासन कार्यालय ललितपुरमा बयान दिन लाइन लागेको पाइएको छ । कतिपयहरूले राजनीतिक दलहरूका उच्चपदस्तहरूकोमा धाएर विभिन्न आश्वासन दिइ मिटरब्याजबाट कमाएको अवैध धन लुकाउन लागिरहेको बुझिएको छ । कतिपले आफ्ना नामका सम्पती, नगद तथा घरजग्गा अरूका नाममा लुकाउन थालेकाले सरकारले उजुरी उपर शिघ्र छानविन तथा कार्वाही अघि बढाउनुपर्नेमा पिडितहरूले आवाज उठाउन थालेका छन् । 

    स्रोतका अनुसार कतिपयले करोडौ रकम सहकारीबाट कर्जा लिइ रोपनीका रोपनी जग्गा, करोडौँका गाडी किनेको डकुमेन्ट आयोग समक्ष पुगेको स्रोतले बतायो । सो विषयमा सरकारले विशेष रूपले छानवीन गर्ने, उनीहरूले कमाएको सम्पत्तिको स्रोत खोज्ने क्षेत्राधिकार आयोग समक्ष रहेको छ । 

    साताको लोकप्रीय