सरकारी खातामा १ खर्ब ६६ अर्ब रकम, बजारमा परिचालित नगद कति ? 

सरकारी खातामा १ खर्ब ६६ अर्ब रकम, बजारमा परिचालित नगद कति ? 

अर्थ डबली
आइतवार, आषाढ १० २०८०
अर्थ डबली
आइतवार, आषाढ १० २०८० (अर्काइभ बाट)
  • सरकारी खातामा १ खर्ब ६६ अर्ब रकम, बजारमा परिचालित नगद कति ? 

    काठमाडौँ / सरकारको खातामा नगद मौज्दात रकम घटेको छ । नेपाल राष्ट्र बैङ्कको तथ्याङ्क अनुसार चालु आर्थिक बर्ष २०७९/८० को जेठ मसान्तसम्म सरकारसँग १ खर्ब ६६ अर्ब २६ करोड ४७ लाख रुपैयाँ रकम छ । यो सबै बैङ्क तथा वित्तीय संस्थामा जम्मा गरिएको सङ्घ, प्रदेश र स्थानीय सरकारसमेतको रकम हो । 

    images
    images

    केन्द्रीय बैङ्कले अघिल्लो वर्षको तुलनामा ५९ अर्ब २४ करोड २१ लाख रुपैयाँ बराबरले बचत घटेको जानकारी दिएको छ । गत आर्थिक वर्ष २०७८/७९ को असार मसान्तमा यस्तो रकम २ खर्ब २५ अर्ब ५० करोड ६८ लाख रुपैयाँ  थियो । बचतसँगै बजारमा परिचालित नगद पनि घटेको देखिएको छ ।

    राष्ट्र बैङ्कको तथ्याङ्कअनुसार हाल बजारमा ६ खर्ब ८ अर्ब ५१ करोड ५९ लाख ६९ हजार २७३ रुपैयाँ नगद परिचालन भइरहेको जनाएको हो । यो रकम गत बर्षको भन्दा ३ अर्ब ५१ करोड १६ लाख रुपैयाँले कम हो ।

    आर्थिक वर्ष २०७८/७९ को असार मसान्तसम्म बजारमा ६ खर्ब १२ अर्ब २ करोड ७६ लाख ३ हजार ९७० रुपैयाँ नगद बजारमा परिचालन भइरहेको थियो । 

    साथै, गत वर्षको सरप्लस मौज्दात समेत घटेर २ अर्ब ७ करोड रुपैयाँमा झरेको केन्द्रीय बैङ्कले जनाएको छ । गत वर्ष यस्तो सरप्लस ११ अर्ब ७ करोड रुपैयाँ रहेको थियो ।

    साताको लोकप्रीय