अन्तर्राष्ट्रिय वित्त निगमद्वारा ग्लोबल आइएमई बैङ्कका ४ सय कर्मचारीलाई तालिम प्रदान 

अन्तर्राष्ट्रिय वित्त निगमद्वारा ग्लोबल आइएमई बैङ्कका ४ सय कर्मचारीलाई तालिम प्रदान 

अर्थ डबली
आइतवार, असार १० २०८०
अर्थ डबली
आइतवार, असार १० २०८० (अर्काइभ बाट)
  • अन्तर्राष्ट्रिय वित्त निगमद्वारा ग्लोबल आइएमई बैङ्कका ४ सय कर्मचारीलाई तालिम प्रदान 

    काठमाडौँ / अन्तर्राष्ट्रिय वित्त निगम (इन्टरनेशनल फाइनान्स कर्पोरेसन)द्वारा ग्लोबल आइएमई बैङ्क लिमिटेडका करिब ४ सय कर्मचारीलाई तालिम प्रदान गरेको छ ।

    images
    images

    निगमले कर्जा विभागमा कार्यरत करिब ४ सय जना कर्मचारीहरूलाई वातावरण तथा सामाजिक जोखिम व्यवस्थापन विषयक तालिम प्रदान गरेको हो । उक्त तालिम ग्लोबल आइएमई बैङ्क र अन्तर्राष्ट्रिय वित्तिय निगमको सहकार्यमा सम्पन्न भएको बैङ्कले जनाएको छ । 

    उक्त कार्यक्रम विशेष गरेर आइएफसी परफरमेन्स स्टयान्डर्डस् र असल वातावरण तथा सामाजिक जोखिम व्यवस्थापनमा केन्द्रित रहेको थियो । तालिम कार्यक्रमलाई आइएफसीका वातावरण तथा सामाजिक जोखिम विज्ञहरूले सञ्चालन गरेका थिए । 

    अन्तर्राष्ट्रिय रूपमा प्रयोग भइरहेका असल वातावरण तथा सामाजिक अभ्यास, संस्थागत सुशासन लगायतका विषयहरूबाट बैङ्कको कर्जा विभागमा कार्यरत जनशक्तिको क्षमता अभिवृद्घि भई समग्र बैङ्किङ्ग क्षेत्र लाभान्वित हुने विश्वास बैङ्कले लिएको छ । 

    साताको लोकप्रीय