मनोरञ्जन शुल्क डिजिटल प्रणालीमा ल्याउन काठमाडौँ महानगरको निर्देशन

मनोरञ्जन शुल्क डिजिटल प्रणालीमा ल्याउन काठमाडौँ महानगरको निर्देशन

अर्थ डबली
बुधवार, आषाढ २० २०८०
अर्थ डबली
बुधवार, आषाढ २० २०८० (अर्काइभ बाट)
  • मनोरञ्जन शुल्क डिजिटल प्रणालीमा ल्याउन काठमाडौँ महानगरको निर्देशन

    काठमाडौँ / काठमाडौँ महानगरपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालनमा रहेका चलचित्र भवनलाई मनोरञ्जन शुल्क समावेश गरेर ३० दिनभित्र डिजिटल प्रणालीमा ल्याउन निर्देशनसहित पत्राचार गरेको छ । 

    images
    images

    महानगरभित्र रहेका १७ चलचित्र भवनलाई मनोरञ्जन करका करदाताले डिजिटल प्रणालीबाट प्रवेश शुल्क सङ्कलन गरेको भए तीन दिनभित्र त्यसमा पहुँच दिन र डिजिटल प्रणालीमा कर सञ्चालन नगरेकाले भने पत्र प्राप्त भएको मितिले ३० दिनभित्र प्रवेश शुल्क डिजिटल प्रणालीमा ल्याई उक्त प्रणालीमा राजस्व विभागलाई पहुँच दिलाउन भनिएको छ ।

    डिजिटल प्रणालीबाट बिक्री गरिने टिकटको युजर आइडी र पासवर्ड मागिएको महानगरका सहायक प्रवक्ता दीपक अधिकारीले जानकारी दिए । 

    उनले भने, “कर कति उठ्यो भन्ने पारदर्शिताका लागि महानगरले प्रक्रिया अगाडि बढाएको हो । डिजिटल प्रणालीमा नगएका हललाई एक महिनाभित्र जान र उक्त प्रणालीमा पहुँच प्रदान गर्न भनेका छौँ ।” 

    चलचित्र भवनमा प्रवेश शुल्कबापत बिक्री हुने टिकटमा पाँच प्रतिशत मनोरञ्जन कर राखिएको हुन्छ । 

    साताको लोकप्रीय