सिटिजन्स बैङ्क र ड्रिम इन्टरनेसनल होटेल तथा होटेल दा पलामीङगोबिच समझदारी

सिटिजन्स बैङ्क र ड्रिम इन्टरनेसनल होटेल तथा होटेल दा पलामीङगोबिच समझदारी

अर्थ डबली
सोमवार, असार २५ २०८०
अर्थ डबली
सोमवार, असार २५ २०८० (अर्काइभ बाट)
  • सिटिजन्स बैङ्क र ड्रिम इन्टरनेसनल होटेल तथा होटेल दा पलामीङगोबिच समझदारी

    सिटिजन्स बैङ्क इन्टरनेसनल लिमिटेड र कालिकापथ, बुटवल स्थित ड्रिम इन्टरनेसनल होटेल तथा योगिकुटी, बुटवलस्थित होटेल दा फ्लामीङगोबिच सिटिजन्स बैङ्कका कार्डबाहक र मोबाइल बैङ्किङ्ग ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

    images
    images

    सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैङ्कका कार्डवाहक र मोबाइल बैङ्किङ्ग प्रयोगकर्ताहरुले ड्रिम इन्टरनेसनल होटेल र होटेल दा फ्लामीङगोमा १५ प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् । 

    यस किसिमको सहकार्यबाट बैङ्कका ग्राहकहरू लाभान्वित हुने साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित गर्ने विश्वास बैङ्कले लिएको छ ।

    बैङ्कले डिजिटल बैङ्किङ्ग माध्यमहरूको प्रयोगलाई बढाउन र ग्राहकहरूलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरू सञ्चालनमा ल्याउदै आएको छ । डिजिटल कारोवार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैङ्कको वेवसाइटमा प्राप्त गर्न सकिनेछ । 

    सिटिजन्स बैङ्क इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १८८ वटा शाखा, ३ वटा विस्तारित काउण्टर, १४३ वटा एटिएम, ६ वटा कियोस्क सेवा र ९७ वटा शाखा रहित बैङ्किङ्ग इकाइहरूबाट १६ लाख भन्दा बढी ग्राहकवर्गलाई आधुनिक बैङ्किङ्ग सेवाहरू प्रदान गर्दै आएको छ ।

    साताको लोकप्रीय