इक्यान अध्यक्षमा शेषराज भट्टराई र महासचिवमा भुसाल निर्वाचित, अन्य पदमा कोको चुनिए ? 

इक्यान अध्यक्षमा शेषराज भट्टराई र महासचिवमा भुसाल निर्वाचित, अन्य पदमा कोको चुनिए ? 

अर्थ डबली
आइतवार, असार ३१ २०८०
अर्थ डबली
आइतवार, असार ३१ २०८० (अर्काइभ बाट)
  • इक्यान अध्यक्षमा शेषराज भट्टराई र महासचिवमा भुसाल निर्वाचित, अन्य पदमा कोको चुनिए ? 

    काठमाडौँ / नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को अध्यक्षमा शेषराज भट्टराई निर्वाचित भएका छन्। शनिबार भएको निर्वाचनमा २३८ मतसहित उनी निर्वाचित भएका हुन् । अध्यक्ष पदका लागि उनीसहित चार जना निर्वाचनमा उत्रिएका थिए । जसमध्ये विष्णुहरि पाण्डेले १४६ मत कृष्णहरि केसीले २१ र देविदास भट्टराईले ११ मत पाए ।

    images
    images

    इक्यानको महासचिवमा दिपकराज भुसाल दोहोरिएका छन् । हाल महासचिव नै रहेका भुसाल शेषराज भट्टराईकै प्यानलबाट निर्वाचनमा उत्रिएका थिए । उनले २५५ मत पाएका हुन् । विष्णुहरिको प्यानलबाट महासचिवको उम्मेदवार बनेका उनका प्रतिस्पर्धी वासुदेव दाहालले भने १६० मत पाएका छन् ।

    त्यस्तै, उपाध्यक्षहरूमा एन्ड्रीयू पौडेल (लक्ष्मण) २२८ मत, भुवनबहादुर क्षेत्री १७२ मत र गीता शिवाकोटी १५२ मतसहित निर्वाचित भएका छन् । सचिवमा भवनाथ हुमागाई २६० मत र रत्नबहादुर भट्टराई १६८ मतसहित निर्वाचित भएका छन् । कोषाध्यक्षमा २०८ मतसहित आशिक कार्की र सहकोषाध्यक्षमा २१६ मतसहित विकल्पराज पोखरेल निर्वाचित भएका छन् । 

    कार्यसमिति सदस्यहरूमा सुरज सिलवाल, साधना पुडासैनी, उमा खड्का पाठक, मन्जित ढकाल, गोविन्द खनाल, आशिष रायमाझी, शशीप्रसाद भट्टराई, विजयकुमार बस्नेत र श्रीराम गिरी निर्वाचित भएका छन् । 

    निर्वाचनमा निवर्तमान अध्यक्ष प्रकाश पाण्डेको समर्थन रहेको शेषराज भट्टराइको प्यानलको बर्चश्व देखिएको छ । 

    साताको लोकप्रीय