भारतबाट डिजेलको मूल्य बढेर आयो, घट्यो पेट्रोलको मूल्य 

भारतबाट डिजेलको मूल्य बढेर आयो, घट्यो पेट्रोलको मूल्य 

अर्थ डबली
आइतवार, असार ३१ २०८०
अर्थ डबली
आइतवार, असार ३१ २०८० (अर्काइभ बाट)
  • भारतबाट डिजेलको मूल्य बढेर आयो, घट्यो पेट्रोलको मूल्य 

    काठमाडौँ / नेपाल आयाल निगमले भारतबाट डिजेलको मूल्य बढेर आएको जानकारी दिएको छ । निगमले प्राप्त गरेको नयाँ मूल्यसूचीअनुसार पेट्रोलको मूल्य सामान्य घटेर आउँदा डिजेल भने बढेको हो । डिजेलको मूल्य लिटरमा २ रुपैयाँ ४७ पैसाले बढेको र पेट्रोलको मूल्य ३४ पैसा घटेको निगमले जनाएको छ । 

    images
    images

    भारतबाट प्रत्येक महिनाको १ र १६ तारिखमा नयाँ मूल्यसूची आउनेगर्छ । एलपीजी ग्याँसको मूल्यसूची भने प्रत्येक महिनाको १ तारिखमा आउँछ । भारतीय आयल कर्पोरेसन (आइओसी)बाट प्राप्त भएको नयाँ मूल्यपछि सञ्चालक समिति बैठकले नेपाली बजारमा मूल्य निर्धारण गर्नेछ ।

    निगमले पछिल्लो पटक गत १८ असारमा गरेको मूल्य समायोजन अनुसार हाल काठमाडौँ उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १६७ रुपैयाँ ५० पैसा, डिजेल र मटीतेलको १४७ रुपैयाँ ५० पैसा, हवाइ इन्धनको मूल्य आन्तरिकतर्फ १३६ रुपैयाँ र बाह्यतर्फ प्रतिकिलोलिटर १०५० अमेरिकी डलर तोकिएको छ । त्यस्तै, खाना पकाउने एलपी ग्यास प्रतिसिलिन्डर १ हजार ८ सय रुपैयाँ रहेको छ ।

    भारतीय आयल कर्पोरेसन आइओसीबाट प्राप्त नयाँ मूल्यपछि निगम १५ दिनमा ५० करोड रुपैयाँ नाफामा पुगेको छ । भारतबाट घटेर आउदा पनि नेपाली बजारमा मूल्य नघटाएको आरोप यसअघि निगमले खेप्दै आइरहेको छ । यसैबिच निमगले पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली कार्यान्वयन गर्ने तयारी गरेको निगमले जानकारी दिएको छ । 

    स्वचालित मूल्य भनेको अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दा बढ्ने र घट्दा घट्ने हुन्छ । नाफा हुँदा पनि इन्धनमा न्यून मूल्य घटाउँदा त्यसको मारमा उपभोक्ता पर्ने गरेका छन् ।

    साताको लोकप्रीय