‘५० हजार जरिवाना गरेर ५ लाखको विज्ञापन गरिदिनुभयो’

‘५० हजार जरिवाना गरेर ५ लाखको विज्ञापन गरिदिनुभयो’

अर्थ डबली
बुधवार, साउन ३ २०८०
अर्थ डबली
बुधवार, साउन ३ २०८० (अर्काइभ बाट)
  • ‘५० हजार जरिवाना गरेर ५ लाखको विज्ञापन गरिदिनुभयो’

    काठमाडौँ / ‘बगान’ अभिनेत्री करिश्मा मानन्धरले जरिवाना गर्ने महानगरको निर्णयलाई लिएर मेयर बालेन्द्र शाह )बालेन) प्रति कटाक्ष गरेकी छिन् । फिल्मको विशेष शोको तस्वीर सेयर गर्दै उनले क्याप्सनमा मेयर शाह प्रति कटाक्ष गरेकी हुन् । 

    images
    images

    फिल्मको विशेष शोको तस्वीर सेयर गर्दै उनले क्याप्सन लेखेकी छन्, ‘महानगरले हामीलाई ५० हजार जरिवाना गरेर पाँच लाखको विज्ञापन गरिदियो । कसले भन्छ, बालेनजी नेपाली सिनेमालाई माया गर्नुहुन्न भनेर ? जय बगान, जय बालेन ।’

    काठमाडौँ महानगरपालिकाले जथाभावी पोस्टर टाँसेको भन्दै मंगलबार फिल्म ‘बगान’को निर्मातालाई ५० हजार रुपैयाँको जरिवाना गरेको थियो । त्यसरी पोस्टर टाँस्दा दृश्य प्रदूषण भएको भन्दै महानगरले ‘बगान’लाई जरिवाना गराएको हो ।

    शुक्रबार प्रदर्शनमा आएको सरोज खनालको डेब्यु निर्देशन रहेको ‘बगान’मा करिश्मा मानन्धर, सरोज खनाल, प्रमिला कार्कीलगायतको शीर्ष भूमिका छ । एकल महिलाको पुनर्विवाह र एकल आमाले छोरी हुर्काउन गरेको प्रयत्नको कथावस्तु यसमा प्रस्तुत गरिएको छ ।

    यस्तै, करिश्माले शेयर गरेको उक्त पोस्टमा हाल विभिन्न खाले टिप्पणीहरु आइरहेका छन् । 

    साताको लोकप्रीय