सहकारी संस्थाको नियमनका लागि विशिष्टिकृत निकाय स्थापना गरिने

सहकारी संस्थाको नियमनका लागि विशिष्टिकृत निकाय स्थापना गरिने

अर्थ डबली
आइतवार, साउन ७ २०८०
अर्थ डबली
आइतवार, साउन ७ २०८० (अर्काइभ बाट)
  • सहकारी संस्थाको नियमनका लागि विशिष्टिकृत निकाय स्थापना गरिने

    काठमाडौँ / नेपाल राष्ट्र बैंकले बचत तथा ऋण सहकारी सस्थाको प्रभावकारी नियमनका लागि छुट्टै विशिष्टिकृत नियामक निकाय स्थापना गर्न आवश्यक सहजीकरण गर्ने भएको छ।
     
    सहकारी संस्थाका बेथिति लगातार सार्वजनिक भइरहेको तथा अनेकन असन्तुष्टि सार्वजनिक भइरहेको अवस्थालाई मध्यनजर गरेर केन्द्रीय बैंकले समस्या समाधानका लागि आवश्यक सहजीकरण गर्ने भएको हो।

    images
    images

    आज सार्वजनिक भएको चालू आर्थिक वर्षको मौद्रिक नीतिमा भनिएको छ, ‘आर्थिक वर्ष ०८०/८१ को नेपाल सरकारको बजेटमा उल्लेख भएबमोजिम बचत तथा ऋण सहकारी संस्थाको प्रभावकारी नियमन तथा सुपरिवेक्षणका लागि गरिनेछ।’

    सरकारले चालू आवको बजेटमा सहकारी संस्थाको बेथिति नियमन गर्न आवश्यक व्यवस्था गर्ने उल्लेख गरेको छ।

    साताको लोकप्रीय