आँखा उपचारमा स्ट्याण्डर्ड चार्टर्ड बैंकको एक करोडभन्दा बढी सहयोग

आँखा उपचारमा स्ट्याण्डर्ड चार्टर्ड बैंकको एक करोडभन्दा बढी सहयोग

अर्थ डबली
बुधवार, श्रावण १० २०८०
अर्थ डबली
बुधवार, श्रावण १० २०८० (अर्काइभ बाट)
  • आँखा उपचारमा स्ट्याण्डर्ड चार्टर्ड बैंकको एक करोडभन्दा बढी सहयोग

    काठमाडौँ / स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले तिलगंगा आँखा प्रतिष्ठान र मित्र समाजसँग आँखा रोगको पहिचान तथा उपचारमा सहकार्य गरेको छ । यी दुई संस्थामार्फत आँखासम्बन्धी रोगको पहिचान तथा उपचारका लागि बैंकले रू. १ करोडभन्दा बढी सहयोग गरेको हो ।

    images
    images

    बैंकले तिलगंगा आँखा प्रतिष्ठान नेपालअन्तर्गत आँखा कार्यक्रमका लागि रू. ४७ लाख ९० हजार सहयोग गरेको छ । उक्त रकम पर्साको निचुटास्थित सामुदायिक आँखा केन्द्र स्थापना र पतेर्वा सुगौली गाउँपालिका–५ आसपासमा नागरिकको आँखा उपचार सेवामा खर्चिने बताइएको छ । कार्यक्रमले त्यस क्षेत्रका विशेषगरी वृद्धवृद्धा, महिला, बालबालिका र अपांगता भएका व्यक्तिको आँखा उपचारमा प्राथमिकता दिनेछ । कार्यक्रमबाट एक वर्ष अवधिमा ७ हजार २०० नागरिक प्रत्यक्ष लाभान्वित हुने बताइएको छ ।

    त्यसैगरी बैंकले मित्र समाजलाई मोतियाबिन्दु तथा अन्धोपन निवारण परियोजना सञ्चालनका लागि ६७ लाख २५ हजार सहयोग गरेको छ, जुन रकम दुर्गम क्षेत्रका ५० वर्ष माथिका नागरिकको मोतियाबिन्दु पहिचान र अन्धोपनाबाट बचाउन खर्च गरिनेछ । यो परियोजनाबाट ३ हजार नागरिक लाभान्वित हुने अपेक्षा गरिएको छ । 

    चेक हस्तान्तरण कार्यक्रममा बैंकका कर्पोरेट अफेयर्स, ब्रान्ड एण्ड मार्केटिङ प्रमुख हर्ष पिल्लैले उक्त सहयोगले आँखाको सहज उपचार गर्न नसक्ने वा नपाउने व्यक्ति लाभान्वित हुने बताए । सबै नागरिकलाई उपलब्ध गराइने आधारभूत स्वास्थ्य सेवाको प्रत्याभूति सहज बनाउन बैंकले सहयोग गरेको उनको भनाइ छ ।

    तिलगंगा आँखा प्रतिष्ठानकी प्रमुख कार्यकारी अधिकृत रीता गुरुङले निचुटा क्षेत्रका विपन्न नागरिककोे हितमा रकम खर्च हुने विश्वास व्यक्त गरिन् । यस्तै मित्र समाजका कार्यकारी निर्देशक विवेक सिंह ठकुरीले आँखा रोगको पहिचान तथा उपचारमा स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालको सहयोग महत्वपूर्ण रहेको बताए ।

    साताको लोकप्रीय