किसान र जाल्पा सामुदायिक लघुवित्त मर्जरमा जाने, स्वाप रेसियो कति ?

किसान र जाल्पा सामुदायिक लघुवित्त मर्जरमा जाने, स्वाप रेसियो कति ?

अर्थ डबली
बुधवार, श्रावण १० २०८०
अर्थ डबली
बुधवार, श्रावण १० २०८० (अर्काइभ बाट)
  • किसान र जाल्पा सामुदायिक लघुवित्त मर्जरमा जाने, स्वाप रेसियो कति ?

    काठमाडौँ / किसान लघुवित्त वित्तीय संस्था र जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था मर्जरमा जाने भएका छन् ।

    images
    images

    ९ साउन मंगलबार दुई संस्था बीच मर्जारमा जाने सम्बन्धी प्रारम्भिक सम्झौतामा हस्ताक्षर भएको किसान लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत पर्वतकुमार कार्कीले बताए ।

    दुई संस्था समान सेयर स्वाप रेसियोमा मर्जरमा जाने प्रारमिभक सम्झौता भएको उनले बताए । सम्पत्ति र दायित्वको विस्तृत मूल्याङ्‍कन (डीडीए) पछि भने त्यसमा केही तलमाथि हुने सक्ने उनले बताए ।

    मर्जरपछि बन्ने संस्थाको प्रमुख कार्यकारी अधिकृत किसानका सीईओ कार्की हुनेछन् भने अध्यक्षमा जाल्पा सामुदायिक लघुवित्तबाट हुने सहमति भएको छ ।

    मर्जरपछि बन्ने संस्थाको नाम मातृभूमि लघुवित्त वित्तीय संस्था राख्ने सहमति भएको छ । तर, मर्जरपछि दुवै संस्थाको नाम जोडेर कुनै नाम राख्न राष्ट्र बैंकले स्वीकृति दिएमा त्यसमा पनि छलफल हुने उनले बताए ।

    हाल किसान लघुवित्तको करिब ५० करोड चुक्ता पूँजी छछ । संस्थाले करिब १३ लाख कित्ता एफपीओ प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा २५ रुपैयाँ प्रिमियम सहित १२५ रुपैयाँमा निष्कासन गर्ने धितोपत्र बोर्डमा आवेदन दिएको छ ।

    जाल्पा सामुदायिक लघुवित्तको १६ करोड चुक्ता पूँजी छ भने १५ प्रतिशत बोनस सेयर सूचीकृत हुँदा १८ करोड पुग्नेछ । गत आर्थिक वर्ष २०७९/८० मा दुवै संस्थाले आर्जन गरेको मुनाफाबाट लाभांश वितरण गरेर मर्जरमा जाने की नगरी जाने भन्ने विषयमा भने छलफल नभएको उनले बताए ।

    साताको लोकप्रीय