राष्ट्रिय बास्केटबल लिगको प्रथम संस्करण खेल्ने क्लबहरु घोषणा, आठ क्लब भिड्ने

राष्ट्रिय बास्केटबल लिगको प्रथम संस्करण खेल्ने क्लबहरु घोषणा, आठ क्लब भिड्ने

अर्थ डबली
बुधवार, साउन १० २०८०
अर्थ डबली
बुधवार, साउन १० २०८० (अर्काइभ बाट)
  • राष्ट्रिय बास्केटबल लिगको प्रथम संस्करण खेल्ने क्लबहरु घोषणा, आठ क्लब भिड्ने

    काठमाडौँ / राष्ट्रिय बास्केटबल लिग (एनबिएल) नेपालको प्रथम संस्करण खेल्ने क्लबहरु घोषणा भएको छ।

    images
    images

    नेपाल बास्केटबल संघ (नेबा) ले एनबिएल नेपालको प्रथम संस्करण खेल्ने टिमको घोषण गरेको हो। प्रथम संस्करणमा आठ टिम सहभागी हुनेछन्।

    सहभागी टिममा विशाल मिलन केन्द्र, बुढानिलकण्ठ नगरपालिका बास्केटबल क्लब, गोल्डेनगेट बास्केटबल क्लब, हाउन्ड्स एकेडेमी, रोयल स्पोट्स सेन्ट्रल, टाइम्स क्लब, त्रिभुवन आर्मी क्लब र कीर्तिपुर बास्केटबल क्लब रहेका छन्।

    सहभागी क्लबका प्रतिनिधिलाई कार्यक्रममा सम्मान गर्दै लिगमा उत्कृष्ट प्रर्दशनको लागि संघका अध्यक्ष भीमसिंह गुरुङ, कान्तिपुर टेलिभिजनका प्रमुख कार्यकारी अधिकृत शिशिर पछाई, डिजिफ्लाईका सिइओ उकेश लोहनीले शुभकामना समेत दिएका थिए।

    लिगका सम्पूर्ण खेलहरु कान्तिपुर टेलिभिजन एचडी, कान्तिपुर सिनेप्लेक्स र कान्तिपुर टेलिभिनजको आधिकारिक युट्युव च्यानलमा प्रशारण हुनेछ। 

    साताको लोकप्रीय