जब्दीघाटमा पुल नबन्दा जोखिमपूर्ण यात्रा, बारीमै कुहियो तरकारी

जब्दीघाटमा पुल नबन्दा जोखिमपूर्ण यात्रा, बारीमै कुहियो तरकारी

अर्थ डबली
बिहिवार, श्रावण ११ २०८०
अर्थ डबली
बिहिवार, श्रावण ११ २०८० (अर्काइभ बाट)
  • जब्दीघाटमा पुल नबन्दा जोखिमपूर्ण यात्रा, बारीमै कुहियो तरकारी

    बर्दिया / बर्दियाको गुलरिया नगरपालिका र बारबर्दिया नगरपालिका जोड्ने जब्दीघाट पुल बाढीले बगाएपछि आवतजावतका लागि सास्ती भएको छ । पुल बाढीले बगाएपछि आवतजावत गर्न जोखिम पूर्ण यात्रा गर्न स्थानीय बाध्य छन् । 

    images
    images

    बाढीले क्षतिग्रस्त बनाएको छ वर्ष बितिसक्दा पनि पुल पुनःनिर्माण नहुँदा वर्षौंदेखि सास्ती बेहोर्दै आएको बारबर्दिया नगरपालिका–११ का रामगोपाल थारुले बताए । “तरकारी फल्ने र बिक्री हुने यो मुख्य याम हो । बजारसम्म तरकारी पुर्याउन सकिएको छैन”, उनले भने । पुल नहुँदा तरकारी खेतबारीमै कुहिन थालेको छ । 

    अधिकांश गाउँमा बारीमा तरकारी लटरम्म फलेको छ । बिक्री हुने मुख्य गुलरीया हाटबजार हो । जाने बाटो नहुँदा बिक्री गर्न नसकेको बारबर्दिया–४ का फक्लबहादुर सत्गौलाले बताए ।

    रु १६ करोड ६८ लाखमा निर्मित जब्दीघाट पुल २०७४ साउनको अन्तिम साता बबई नदीमा आएको बाढीले क्षतिग्रस्त बनाएको थियो । जब्दीघाट पुल हस्तान्तरण नहुँदै भाँसिएको थियो । 

    पछिल्लो समय उक्त पुल निर्माण गर्ने कम्पनीसँग क्षतिपूर्ति असुल गरी जब्दीघाटमा नयाँ पुल निर्माणका लागि बर्दिया क्षेत्र नम्बर १ का सङ्घीय सांसद सञ्जयकुमार गौतमले पहल गर्दैआएका छन् । 

    नयाँ पुल निर्माणको माग राख्दै उनी भत्किएको पुलमुनि गत वैशाख ३० देखि जेठ ६ गतेसम्म आमरण अनसनमा बसेका थिए । सांसद गौतम र भौतिक तथा पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाबीच एक महिनाभित्र पुल निर्माण गर्ने सम्झौता भएपछि अनशन तोडिएको थियो ।

    साताको लोकप्रीय