निर्वाचन आयोगलाई गगन थापाले तिरे १५ हजार जरिवाना

निर्वाचन आयोगलाई गगन थापाले तिरे १५ हजार जरिवाना

अर्थ डबली
बिहिवार, श्रावण ११ २०८०
अर्थ डबली
बिहिवार, श्रावण ११ २०८० (अर्काइभ बाट)
  • निर्वाचन आयोगलाई गगन थापाले तिरे १५ हजार जरिवाना

    काठमाडौँ / नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगन थापाले निर्वाचन आयोगलाई १५ हजार रुपैयाँ जरिवाना बुझाएका छन्। बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले निर्वाचन आयोगलाई १५ हजार जरिवाना तिरेको जानकारी दिएका छन्। 

    images
    images

    निर्वाचन आयोगले गत मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको खर्च विवरण सार्वजनिक गरेको जानकारी नगराएको भन्दै प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका  २४ सय बढी उम्मेदवारलाई १५ हजार जरिवाना तोकेको थियो ।

    थापाले खर्च विवरण सार्वजनिक गरेको जानकारी आयोगलाई दिनु पर्नेबारे कुरा आफूलाई थाहा नभएको पनि बताएका छन्। 

    आफूले आयोगमा २०७९ मंसिर २५ गते नै खर्च विवरण बुझाएको र त्यो विवरण सार्वजनिक पनि गरेको तर सार्वजनिक गरेको जानकारी आयोगलाई गराउनुपर्छ भन्ने थाहा नभएको उनले बताएका छन् । 

    ‘मैले निर्वाचन आयोगमा मिति २०७९/०८/२५ मा आफ्नो खर्च विवरण बुझाइसकेको छु। यो विवरण सार्वजनिक पनि भएको थियो। तर यस्तो जानकारी आयोगलाई गराउनु पर्ने जानकारी नभएको जानकारी गराउँछु,’ उनले लेखेका छन्, ‘अतः १५ हजार जरिवाना तिरेको जानकारी गराउँदै, पहिला नै आयोगलाई बुझाएर सार्वजनिक भइसकेको निर्वाचन खर्च विवरण पुनः सार्वजनिक गरेको जानकारी गराउँछु।’

    निर्वाचन आयोगले मंगलबार प्रेस विज्ञप्तिबारे सार्वजनिक गरेको खर्च विवरणबारे जानकारी नदिएको भन्दै उम्मेदवारहरूको सूची सार्वजनिक गरेको थियो। 

    यस्तो छ थापाले सार्वजनिक गरेको खर्च विवरणः

    साताको लोकप्रीय