सडक विस्तारमा फड्को मार्दै तातोपानी, १ बर्षमा ३ हजार धुले सडक निर्माण

सडक विस्तारमा फड्को मार्दै तातोपानी, १ बर्षमा ३ हजार धुले सडक निर्माण

अर्थ डबली
बिहिवार, साउन ११ २०८०
अर्थ डबली
बिहिवार, साउन ११ २०८० (अर्काइभ बाट)
  • सडक विस्तारमा फड्को मार्दै तातोपानी, १ बर्षमा ३ हजार धुले सडक निर्माण

    जुम्ला / तातोपानी गाउँपालिकाले सडक विस्तारमा फड्को मारेको छ । 

    images
    images

    भौतिक पूर्वाधार विस्तारलाई विशेष प्राथमिकतामा राखेर काम गरेको उक्त पालिकाले आर्थिक वर्ष २०७९/८० मा धुले सडक तीन हजार १९ मिटर, ग्राभेल सडक पाँच सय ७० मिटर, सोलिङ सडक पाँच सय ६० मिटर, पिपिसी सडक नौ सय २२ मिटर र आरसिसि सडक दुई सय ५० मिटर निर्माण गरी जम्मा पाँच दशमलव ३०१२ किमि सडक सञ्चालनमा ल्याएको गाउँपालिकाका अध्यक्ष नन्दप्रसाद चौलागाइले जानकारी दिए ।

    विकासको कामलाई चुस्त र गुणस्तरीय बनाउका लागि अनुगमन समितिले कडाइका साथ नियमित काम गरेकाले बाटोमा सुधार आएको र नागरिकले राहत महसुस हुनेगरी काम गरिएको उनको भनाइ थियो । 

    गाउँपालिका इञ्जीनीयर डिल्ली बुढाका अनुसार गोरेटो बाटो निर्माण नौ हजार नौ सय ४७ मिटर, सोलिङ बाटो निर्माण दुई हजार आठ सय ७७ मिटर, पिसिसी बाटो निर्माण आठ सय ९४ मिटर र आरसिसी सडक ७८ मिटर गरी जम्मा १३ दशमलव ७९६ किमि सडक निर्माण भएको उनले जानकारी दिए ।

    त्यस्तै गाउँपालिकाले विद्युत् लाइन विस्तार र मर्मत पाँच वटा, झोलुङ्गे पुल र ट्स पुल निर्माण दुई, तटबन्ध ११ वटा निर्माण गरेको प्रमुख प्रशासकीय अधिकृत तीर्थबहादुर कठायतले बताए ।

    साताको लोकप्रीय