राजनीतिक उद्देश्यका निम्ति राजीनामा मागिहाल्ने संस्कार राम्रो भएन : प्रधानमन्त्री दाहाल

राजनीतिक उद्देश्यका निम्ति राजीनामा मागिहाल्ने संस्कार राम्रो भएन : प्रधानमन्त्री दाहाल

अर्थ डबली
शुक्रवार, साउन १२ २०८०
अर्थ डबली
शुक्रवार, साउन १२ २०८० (अर्काइभ बाट)
  • राजनीतिक उद्देश्यका निम्ति राजीनामा मागिहाल्ने संस्कार राम्रो भएन : प्रधानमन्त्री दाहाल

    काठमाडौँ / प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक उद्देश्यका लागि प्रधानमन्त्री, गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा मागिहाल्ने संस्कार राम्रो नभएको बताएका छन् ।

    images
    images

    इटाली भ्रमण सकेर शुक्रबार स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग उनले भने, ‘राजनीतिक उद्देश्यको निम्ति हत्तपत्त प्रधानमन्त्री, गृहमन्त्री, अर्थमन्त्रीको राजीनामा मागिहाल्ने प्रवृत्ति राम्रो होइन, मन्त्रीहरुलाई स्पष्टीकरण राख्न दिनुपर्छ ।’

    स्पष्टीकरणको मौका नदिईकन राजीनामा नदिए संसद चल्न दिन्नौँ भन्नु एकदमै गलत भएको बताए । संयुक्त राष्ट्रसंघ, खाद्य तथा कृषि संगठनद्वारा इटालीको रोममा आयोजित ‘फुड सिस्टम समिट प्लस टु’मा सहभागी हुँदा देशको कृषि क्षेत्रको मार्गदर्शन भएको उनको भनाइ छ ।

    सम्मेलनका क्रममा बांगलादेशका प्रधानमन्त्री शेख हसिनासँग भेट भएको र नेपाल र बांगलादेशबीचको मैत्रीपूर्ण सम्बन्ध, आपसी सहयोग, क्षेत्रीय सहयोग, अन्तर्राष्ट्रिय मञ्चहरुमा नेपाल र बंगलादेशबीचको सहकार्य जस्ता विषय छलफल भएको जानकारी उनले गराए ।

    बंगलादेश सरकार नेपालमा उत्पादित जलविद्युत खरिद गर्न इच्छुक रहेको र आर्थिक अन्तरनिर्भरताका लागि यो महत्वपूर्ण हुने प्रधानमन्त्रीले बताए । प्रधानमन्त्री दाहालले लम्पी स्किनको बारेमा छलफल गरी धेरै हदसम्म नियन्त्रण र उपचारमा लागिसकेको जानकारी गराए । ‘लम्पी स्किनको निदानका लागि सरकार सचेत छ,’ उनले भने ।

    साताको लोकप्रीय