पुरानो नगद लाभांश बुझिलिन शेयरधनीलाई सोल्टी होटेलको आग्रह

पुरानो नगद लाभांश बुझिलिन शेयरधनीलाई सोल्टी होटेलको आग्रह

अर्थ डबली
शुक्रवार, श्रावण १२ २०८०
अर्थ डबली
शुक्रवार, श्रावण १२ २०८० (अर्काइभ बाट)
  • पुरानो नगद लाभांश बुझिलिन शेयरधनीलाई सोल्टी होटेलको आग्रह

    काठमाडौँ / सोल्टी होटेल लिमिटेडले लिन बाँकी पुरानो नगद लाभांश बुझिलिन शेयरधनीलाई आग्रह गरेको छ । 

    images
    images

    कम्पनीले आज एक सुचना जारी गर्दै यसअघिका विभिन्न साधारण सभाबाट पारित भएको नगद लाभांश लिन बाँकी रहेका शेयरधनीहरुलाई बुझिलिन आग्रह गरेको हो ।

    पाँच वर्षसम्म कुनै लगानीकर्ताको दाबी प्रस्तुत हुन नआएको खण्डमा लाभांश रकम ऐन अनुसार लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने भएकोले हालसम्म पनि लाभांश रकम लिन छुटेका लगानीकर्तालाई बुझिलिन कम्पनीले जनाएको हो ।

    लाभांश रकम लिन बाँकी रहेका शेयरधनीहरुको विवरण सोल्टी होटेलको वेबसाइटमा राखिएको जनाएको छ । नगद लाभांश लिन बाँकी रहेका शेयरधनीहरुले आवश्यक कागजपत्र सहित शेयर रजिस्ट्रार एनआईएमबि एस क्यापिटलमा सम्पर्क गरी लिन सक्ने कम्पनीले जनाएको छ ।

    1.JPG

    साताको लोकप्रीय