एनओजीको बुटवल दोस्रो च्याप्टर राइड सम्पन्न, ४० जना राइडरहरुको सहभागिता

एनओजीको बुटवल दोस्रो च्याप्टर राइड सम्पन्न, ४० जना राइडरहरुको सहभागिता

अर्थ डबली
शुक्रवार, साउन १२ २०८०
अर्थ डबली
शुक्रवार, साउन १२ २०८० (अर्काइभ बाट)
  • एनओजीको बुटवल दोस्रो च्याप्टर राइड सम्पन्न, ४० जना राइडरहरुको सहभागिता

    काठमाडौँ / टिभिएस मोटर कम्पनीका लागि नेपालको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले बुटवलमा दोस्रो पटक एनओजी (एन्टर्क ओनर्स ग्रुप) राइड सम्पन्न गरेको छ । 

    images
    images

    गत साउन ६ गते शनिबार आयोजना भएको यस राइड टिभिएसको बुटवल शोरूम (बालाजी  अटोमोबाइल्स) बाट शुरु भएर बनबाटिका, बुटवल पुगेर समापन भएको थियो। 

    उक्त राइडमा सहभागीहरु बीच विभिन्न गेमहरु पनि खेलाइएको थियो । साथै सहभागि सम्पूर्ण राइडरहरुलाई सहभागिताको प्रमाणपत्र प्रदान गरिनुको साथै एक अनुशासित राइडरलाई मेडल पनि प्रदान गरिएको थियो ।

    करिब ४० जना राइडरहरु सहभागि भएको उक्त राइड सम्पूर्ण सुरक्षा सावधानीहरुका साथ नेपाल सरकारको अनुमति लिएर सञ्चालन गरिएको आयोजकले जनाएको छ । 

    साथै, उक्त राइडमा प्राबिधिक टिमले विभिन्न सडक सुरक्षाको बारेमा जानकारी प्रदान गर्नुको साथै राइडरले अपनाउनुपर्ने नियम र सुरक्षाको जानकारी पनि प्रदान गरिएको थियो ।

    साताको लोकप्रीय