सूर्योदय वोमी लघुवित्तको संस्थापक शेयर बिक्रीमा, प्रतिकित्ता कित्ता ?

सूर्योदय वोमी लघुवित्तको संस्थापक शेयर बिक्रीमा, प्रतिकित्ता कित्ता ?

अर्थ डबली
शुक्रवार, श्रावण १२ २०८०
अर्थ डबली
शुक्रवार, श्रावण १२ २०८० (अर्काइभ बाट)
  • सूर्योदय वोमी लघुवित्तको संस्थापक शेयर बिक्रीमा, प्रतिकित्ता कित्ता ?

    काठमाडौँ / सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले संस्थापक शेयर लिलामीमा बिक्रीमा ल्याएको छ । कम्पनीले ८५ हजार ९४० कित्ता संस्थापक शेयर लिलामीमा बिक्रीमा ल्याएको हो । 

    images
    images

    कम्पनीका संस्थापक शेयरधनीको नाममा रहेको शेयर लिमामी मार्फत बिक्रीमा ल्याएको हो ।उक्त शेयरमा विद्यमान संस्थापक शेयरधनीसँगै जोकोही व्यक्ति तथा संघले खरिद आवेदन दिन सक्ने संस्थाले जनाएको छ । शेयरको मूल्य न्यूनतम प्रतिकित्ता २६२ रुपैयाँ तोकिएको छ ।

    शेयरमा आवेदन दिन न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ ।लगानीकर्ताले न्यूनतम १०० कित्ताका लागि खरिद आवेदन दिनुपर्नेछ। अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिन सकिनेछ ।

    उक्त शेयर खरिद गर्न ईच्छुक लगानीकर्ताले काटमाडौंको थापाथलीस्थित एनआईसी एशिया क्यापिटल तथा थापाथलीमै रहेको एनआईसी एशिया बैंकको कर्पोरेट कार्यालय र शाखाहरु विराटनगर, वीरगन्ज, पोखरा, बुटवल, धनगढी र वीरेन्द्रनगरबाट खरिद आवेदन दिन सकिने जनाएको छ ।

    साताको लोकप्रीय