पोखरा महानगरमा मलको मूल्य निर्धारण, कुन मलको कति ?

पोखरा महानगरमा मलको मूल्य निर्धारण, कुन मलको कति ?

अर्थ डबली
शनिवार, साउन १३ २०८०
अर्थ डबली
शनिवार, साउन १३ २०८० (अर्काइभ बाट)
  • पोखरा महानगरमा मलको मूल्य निर्धारण, कुन मलको कति ?

    कास्की / पोखरा महानगरपालिकाले आर्थिक वर्ष २०८०/८१ का लागि मलको मूल्य तथा बिक्री परिमाणको कोटा निर्धारण गरेको छ । पोखरा महानगरपालिका मल वितरण व्यवस्थापन समितिको शुक्रबार बसेको बैठकले नेपाल सरकारले अनुदानमा उपलब्ध गराउने मलको मूल्य निर्धारण गरेको हो ।

    images
    images

    महानगरका उपप्रमुख एवं मल वितरण व्यवस्थापन समितिका संयोजक मञ्जुदेवी गुरुङको अध्यक्षतामा बसेको बैठकले युरिया, डीएपी र पोटासको मूल्य निर्धारण गरेको हो । 

    मल डिपोदेखि बिक्री केन्द्रको दूरीका आधारमा प्रतिकिलो १९ रूपैयाँ ४५ पैसादेखि २१ रूपैयाँ पाँच पैसासम्म निर्धारण गरेको महानगर कृषि महाशाखा प्रमुख मनहर कडरियाले जानकारी दिए । 

    डिएपीको ४८ रूपैयाँ ४५ पैसादेखि ५० रूपैयाँ पाँच पैसा र पोटासको मूल्य ३६ रूपैयाँ ४५ पैसादेखि ३८ रूपैयाँ पाँच पैसासम्म तोएिको छ । मल बिक्रेताले प्लास्टिक झोलाको मूल्य प्रतिकिलो थप लिन सक्ने छन् ।

    पोखरा महानगर कृषि शाखामा सूचीकृत तथा बिक्री वितरण गर्नका लागि छनोट भएका २६ वटा वडाका ६७ केन्द्रबाट मल बिक्री वितरण भइरहेको छ । मल बिक्री वितरणका लागि आव २०७९/८० मा बिक्री भएको आधारमा कोटा निर्धारण गर्ने निर्णय भएको कृषि महाशाखा प्रमुख कडरियाले जानकारी दिए ।

    पोखरा महानगरमा गत आर्थिक वर्षमा युरिया, डिएपीर पोटास गरेर एक हजार नौ सय ७७ दशमलव ६५ टन मल खपत भएको छ । 

    गत आवमा पोखरा महानगरमा युरिया एक हजार दुई सय २१ दशमलव ७५ टन, डिएपी छ सय ६३ दशमलव ८५ टन, पोटास ३९ दशमलव ९५ टन र कृषि चुन दुई दशमलव एक टन खपत भएको कृषि महाशाखा प्रमुख कडरियाले जानकारी दिए ।

    साताको लोकप्रीय