घोराही सिमेन्टको शेयर रजिष्ट्रारमा हिमालयन क्यापिटल

घोराही सिमेन्टको शेयर रजिष्ट्रारमा हिमालयन क्यापिटल

अर्थ डबली
मंगलवार, श्रावण १६ २०८०
अर्थ डबली
मंगलवार, श्रावण १६ २०८० (अर्काइभ बाट)
  • घोराही सिमेन्टको शेयर रजिष्ट्रारमा हिमालयन क्यापिटल

    काठमाडौँ / घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडको शेयर रजिष्ट्रारमा हिमालयन क्यापिटल लिमिटेड नियुक्त भएको छ । कम्पनीको आइपीओ निष्काशन तथा विक्री प्रबन्धकको जिम्मेवारी पुरा गरेको क्यापिटललाई आगामी दिनमा कम्पनीको शेयर व्यवस्थापन सम्बन्धी सम्पूर्ण काम गर्ने जिम्मेवारी दिइएको कम्पनीले जनाएको छ ।

    images
    images

    कम्पनीले सूचना जारी गर्दै सञ्चालक समितिको निर्णय बमोजिम शेयर कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज गर्ने, नामसारी गर्ने र शेयरधनी लगत अद्यावधिक राख्ने लगाएतका सम्पूर्ण कार्य गर्नका लागि क्यापिटल मार्फत हुनेछ ।

    कम्पनीले सर्वसाधारणमा आइपीओ जारी गरी असार ३१ गते बाँडफाँड गरेको थियो । धितोपत्र दोस्रो बजारमा भने कम्पनीको आइपीओ सूचीकृत हुन बाँकी रहेको छ ।

    साताको लोकप्रीय