सुनको भाउ प्रतितोला ६ सय रुपैयाँ घट्यो, कतिमा हुँदैछ कारोबार ?

सुनको भाउ प्रतितोला ६ सय रुपैयाँ घट्यो, कतिमा हुँदैछ कारोबार ?

अर्थ डबली
बुधवार, साउन १७ २०८०
अर्थ डबली
बुधवार, साउन १७ २०८० (अर्काइभ बाट)
  • सुनको भाउ प्रतितोला ६ सय रुपैयाँ घट्यो, कतिमा हुँदैछ कारोबार ?

    काठमाडौँ / आज (बुधबार) नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ प्रतितोला ६ सय रुपैयाँ र चाँदी १५ रुपैयाँले घटेको हो ।

    images
    images

    यसअघि प्रतितोला १ लाख १३ हजार रुपैयाँ पर्ने छापावाल सुनको भाउ आज १ लाख १२ हजार ४ सय रुपैयाँमा झरेको छ भने १ लाख १२ हजार ४ सय ५० रुपैयाँ पर्ने तेजावी सुनलाई १ लाख ११ हजार ८ सय ५० रुपैयाँ पर्ने भएको छ । त्यस्तै, यसअघि प्रतितोला १ हजार ४ सय ७५ रुपैयाँ पर्ने चाँदीलाई आज १ हजार ४ सय ६० रुपैयाँ पर्ने महासङ्घले जनाएको छ । 

    साताको लोकप्रीय