पाँच छिमेकीसँगको सिमाना खोलेको नाइजरको घोषणा, कुन–कुन देशहरूसंग खुल्यो सिमाना ?

पाँच छिमेकीसँगको सिमाना खोलेको नाइजरको घोषणा, कुन–कुन देशहरूसंग खुल्यो सिमाना ?

अर्थ डबली
बुधवार, साउन १७ २०८०
अर्थ डबली
बुधवार, साउन १७ २०८० (अर्काइभ बाट)
  • पाँच छिमेकीसँगको सिमाना खोलेको नाइजरको घोषणा, कुन–कुन देशहरूसंग खुल्यो सिमाना ?

    नियामे /  सैनिक विद्रोहको करिब एक सातापछि पश्चिम अफ्रिकी मुलुक नाइजरले पाँच छिमेकी देशसँगको सिमाना खोलेको छ। नाइजरले स्थल सिमानाका साथै हवाई सीमा पुनः खोलिएको सैन्य विद्रोहमा संलग्न एकजना जनरलले राष्ट्रिय टेलिभिजनबाट घोषणा गरेका छन्।

    images
    images
    images

    अल्जेरिया, बुर्किनाफासो, लिबिया, माली र चाडसँगको भूमि र हवाई सिमाना पुनः खोलिएको ती सैनिक अधिकारीले घोषणा गरेका हुन्। गत बुधबार नाइजरका निर्वाचित राष्ट्रपति मोहम्मद बाजुमलाई अपदस्थ गरी देशको शासन व्यवस्था आफूले सञ्चालन गर्ने घोषणा राष्ट्रपतिका सुरक्षा प्रमुख जनरल अब्दुरहमान टियानीले गरेका थिए।


    जनरल टियानीले जिहादीहरूद्वारा लामो समयदेखि चलिरहेको विद्रोह अन्त्य गर्न असफल भएको, भ्रष्टाचार र आर्थिक समस्या बढेका तथा सुरक्षा व्यवस्थामा भएको ह्रासलाई सम्बोधन गर्न सत्ता हातमा लिएको बताएका छन्।

    यसैबीच, लामो समयसम्म नाइजरलाई आफ्नो उपनिवेश बनाएको फ्रान्सले सैन्य विप्लव प्रभावित नाइजरबाट दुई सय ६२ जनालाई पेरिस पुर्‍याएको छ । नाइजरमा आफ्ना नागरिक असुरक्षित हुने भन्दै फ्रान्सले त्यहाँबाट उनीहरूलाई स्वदेश पुर्‍याएको हो । फ्रान्सका विदेशमन्त्री क्याथरिन कोलोनाले एक दर्जन बालबालिकासहित दुई सय ६२ जनालाई नाइजरबाट ल्याइएको बताइन्। 

    पश्चिम अफ्रिकी राष्ट्रहरूको आर्थिक समुदाय, अफ्रिकी संघ, युरोपेली संघ, संयुक्त राष्ट्रसंघ, अमेरिका, जर्मनी, फ्रान्सलगायत अन्तर्राष्ट्रिय समुदायले सैन्य विप्लवको विरोध गर्दै वैधानिक राष्ट्रपति मोहम्मद बाजुमलाई पुनर्स्थापना गर्न माग गरेको छ । साथै उनीहरूले बाजुम र उनका परिवारको सुरक्षाको माग गर्दै अविलम्ब रिहाइको माग गरेका छन्।

    आर्थिक समुदाय र अन्तर्राष्ट्रिय जगतले लोकतन्त्रको रक्षा गर्न तथा यस क्षेत्रमा लोकतान्त्रिक शासन व्यवस्थालाई सुदृढ बनाउन हरसम्भव प्रयास गर्ने नाइजेरियाका राष्ट्रपति एवं पश्चिम अफ्रिकी राष्ट्रहरूको आर्थिक समुदायका अध्यक्ष बोला टिनुबुले एक विज्ञप्ति निकालेर बताएका छन्। 
        
    भूपरिवेष्टित राष्ट्र नाइजर विश्वकै निर्धनतम राष्ट्रमध्येको एक हो । सन् १९६० मा फ्रान्सबाट स्वतन्त्र भएपछि चारपटक यस्ता विद्रोह भइसकेका छन् । राष्ट्रपति बाजुमविरुद्ध पनि दुईपटक विद्रोह भएको छ।

    साताको लोकप्रीय