सिटिजन्स बैंकका ग्राहकलाई क्रिमसन अस्पतालमा १० प्रतिशतसम्मको आकर्षक छुट

सिटिजन्स बैंकका ग्राहकलाई क्रिमसन अस्पतालमा १० प्रतिशतसम्मको आकर्षक छुट

अर्थ डबली
शुक्रवार, साउन १९ २०८०
अर्थ डबली
शुक्रवार, साउन १९ २०८० (अर्काइभ बाट)
  • सिटिजन्स बैंकका ग्राहकलाई क्रिमसन अस्पतालमा १० प्रतिशतसम्मको आकर्षक छुट

    काठमाडौँ / सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र तिलोत्तमा, रुपन्देही स्थित क्रिमसन अस्पताल प्रालि बीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

    images
    images

    सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले क्रिमसन अस्पतालमा १० प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ ।

    बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ ।

    डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १८८ वटा शाखा, १४७ वटा ए।टि।एम। ३ विस्तार काउन्टर र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १६ लाख भन्दा बढी ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

    साताको लोकप्रीय