सिद्धार्थ बैंकको चौथो त्रैमासिक वित्तीय विवरण : ३ अर्ब १९ करोड खुद मुनाफा, अन्य सूचकमा कति प्रगति ?

सिद्धार्थ बैंकको चौथो त्रैमासिक वित्तीय विवरण : ३ अर्ब १९ करोड खुद मुनाफा, अन्य सूचकमा कति प्रगति ?

अर्थ डबली
शुक्रवार, साउन १९ २०८०
अर्थ डबली
शुक्रवार, साउन १९ २०८० (अर्काइभ बाट)
  • सिद्धार्थ बैंकको चौथो त्रैमासिक वित्तीय विवरण : ३ अर्ब १९ करोड खुद मुनाफा, अन्य सूचकमा कति प्रगति ?

    काठमाडौँ / सिद्धार्थ बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। बैंकले सावैजनिक गरेको वित्तिय विवरण अनुसार बैंकले गत आर्थिक वर्षको अन्त्यसम्म ९असार मसान्तसम्म० मा ३ अर्बभन्दा बढी नाफा कमाएको छ।

    images
    images

    आर्थिक वर्ष २०७९/८० मा ३ अर्ब १९ करोड १ लाख ११ हजार रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो वर्षको तुलनामा बैंकले ९.१२ प्रतिशतले बढी नाफा आर्जन गरेको हो । अघिल्लो आर्थिक वर्षमा बैंकले २ अर्ब ९० करोड २४ लाख ६४ हजार रुपैयाँ नाफा कमाएको थियो । 

    नाफा बढेसंगै बैंकको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा पनि बढेको छ । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २३.९७ प्रतिशतले बढेर ८ अर्ब १७ करोड ८४ लाख २२ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक बर्षको सोही अवधीसम्ममा बैंकको यस्तो आम्दानी ६ अर्ब ५९ करोड ६८ लाख ४७ हजार रुपैयाँ मात्रै थियो । 

    यस्तै, सञ्चालन मुनाफा ९.८३ प्रतिशत बढेको छ । समीक्ष अवधीमा बैंकले ४ अर्ब ६८ करोड ५७ लाख ९२ हजार रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक बर्षको सोही अवधीसम्ममा बैंकको यस्तो नाफा ४ अर्ब २६ करोड ६५ लाख ५२ हजार रुपैयाँ रहेको थियो । 

    यस्तै, खुद फि तथा कमिशन आम्दानी १२.०३ प्रतिशत बढेको छ भने कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा १४.५७ प्रतिशत बढेको छ। समीक्षा अवधिमा ४ अर्ब ६८ करोड ५७ लाख ९२ हजार रुपैयाँ कमाएको बैंकको वितरणयोग्य नाफा ७९ करोड ५७ लाख ६५ हजार रुपैयाँ रहेको छ । 

    अघिल्लो वर्ष १ अर्ब ३५ करोड ९८ लाख ६८ हजार रुपैयाँ वितरणयोग्य नाफा संचित गरेको बैंकको यसपटक ४१.४८ प्रतिशतको गिरावट आएको हो । बैंकको खराब कर्जा बढेर २.०१५ पुगेको छ । बैंकको प्रतिसेयर आम्दानी पनि २.०४ रुपैयाँले बढेर २२.६४ रुपैयाँ पुगेको छ । प्रतिसेयर नेटवर्थ १८०.७३ रुपैयाँ रहेको छ ।

    असार मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात ११.१७ गुणा रहेको छ । १४ अर्ब ८ करोड ९९ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ११ अर्ब ३७ करोड ४७ लाख रुपैयाँ सञ्चित छ। समीक्षा अवधिमा बैंकको निक्षेप १६.७६ प्रतिशत बढेको छ भने कर्जा लगानी ३.०६ प्रतिशत बढेको छ।

    साताको लोकप्रीय