विदेशबाट आउँदा सुनका गहना, मोबाइल र टेलिभिजन कति ल्याउन पाइन्छ ?

विदेशबाट आउँदा सुनका गहना, मोबाइल र टेलिभिजन कति ल्याउन पाइन्छ ?

अर्थ डबली
आइतवार, साउन २१ २०८०
अर्थ डबली
आइतवार, साउन २१ २०८० (अर्काइभ बाट)
  • विदेशबाट आउँदा सुनका गहना, मोबाइल र टेलिभिजन कति ल्याउन पाइन्छ ?

    काठमाडौँ / त्रिभुवन विमानस्थल भन्सार कार्यालयले विदेशबाट नेपाल फर्कने यात्रुले आफ्नो साथमा ल्याउन पाइने सुनका गहना, मोबाइल तथा टेलिभिजनसम्बन्धी विवरण सार्वजनिक गरेको छ ।

    images
    images

    भन्सार कार्यालयका अनुसार विदेशबाट आउने महिलाले ५० ग्रामसम्म र पुरुषले २५ ग्रामसम्म सुनको गहनामा भन्सार तिर्नुपर्दैन । त्यस्तै, महिलाले ५० ग्राम र पुरुषले २५ ग्राम बाहेक थप २०० ग्रामसम्म सुनको गहना भन्सार विन्दुमा महसुल तिरेर साथमा ल्याउन पाउने व्यवस्था छ । यसैगरी गहनाको आकार मात्रै दिएर बनाइएका बेरुवा, औंठी, बाला, सिक्री जस्ता रसायन प्रयोग नगरिएका गहनाको मान्यता नहुने भन्सार कार्यालयले जनाएको छ । 

    यसैगरी विदेशबाट फर्कने नेपाली यात्रुले आफुले प्रयोग गरिरहेको मोबाइल साथमा ल्याउदा भन्सार तिर्न नपर्ने व्यवस्था रहेको  छ । श्रम स्वीकृति लिएर लगातार ६ महिनाभन्दा बढी विदेशमा काम गरी फर्केका यात्रुहरूले आफ्नो साथमा थप एक थान मोबाइल भन्सार नतिरी ल्याउन पाउने तर यस्तो मोबाइलका लागि भन्सार कार्यालयमा घोषणा गरी प्रक्रिया पुरा गर्नुपर्ने व्यवस्था छ । 

    त्यस्तै, श्रम स्वीकृति लिइ लगातार १२ महिना काम गरी फर्कने सामाजिक सुरक्षा कोषमा सूचीकृत भएका नेपालीले जुनसुकै आकार र प्रकारका टेलिभिजन साथमा ल्याउन भन्सार तिर्नु नपर्ने कार्यालयले जनाएको छ । तर श्रम स्वीकृति नलिई १२ महिना काम गरी फर्केको भए पनि सामाजिक सुरक्षा कोषमा सूचीकृत नभएका नेपालीले भने ३२ इन्चसम्मको टेलिभिजन मात्र भन्सार नतिरी साथमा ल्याउन पाउछन् । यी बाहेका सबै टेलिभिजनमा नियामाअनुसारको भन्सार महसुस तिनुपर्ने व्यवस्था रहेको त्रिभुवन विमानस्थल भन्सार कार्यालयले जनाएको छ । 

    Gold.JPG

    साताको लोकप्रीय