अन्तर्राष्ट्रिय हवाई उडान प्रभावित : एयर इण्डियाको विमान बनारस डाइभर्ट, एयर चाइना र सिचुनान एयर फर्किए

अन्तर्राष्ट्रिय हवाई उडान प्रभावित : एयर इण्डियाको विमान बनारस डाइभर्ट, एयर चाइना र सिचुनान एयर फर्किए

अर्थ डबली
आइतवार, साउन २८ २०८०
अर्थ डबली
आइतवार, साउन २८ २०८० (अर्काइभ बाट)
  • अन्तर्राष्ट्रिय हवाई उडान प्रभावित : एयर इण्डियाको विमान बनारस डाइभर्ट, एयर चाइना र सिचुनान एयर फर्किए

    काठमाडौँ / गए रातिदेखि परेको अविरल वर्षाका कारण आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान प्रभावित भएको छ ।

    images
    images

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार अविरल वर्षाका कारण भिजिबिलिटी कम भएपछि केही उडान डाइभर्ट भएका छन् भने केही उडान रद्द भएका छन् ।

    विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले वर्षाले भिजिबिलिटी कम हुँदा हवाई उडान प्रभावित भएको जानकारी दिए।

    उनकाअनुसार भारतको नयाँदिल्लीबाट आएको एयर इण्डियाको जहाज बनारस डाइभर्ट भएको छ भने चीनको तियान्फूबाट आएका एयर चाइना र सिचुआन एयरलाइन्सका जहाज तियान्फूमै फर्किएका छन् । साथै अन्य अन्तर्राष्ट्रिय उडानहरु पनि सामान्य प्रभावित भएको उनले जानकारी दिए ।

    विमानस्थलका अनुसार आन्तरिकतर्फ काठमाडौँबाट पोखरा र सुर्खेत विमानस्थल अहिलेसम्म खुल्न सकेका छैनन् भने काठमाडौँ–तुम्लिङटारको हवाई उडान रद्द गरिएको छ ।

    विमानस्थलका अनुसार बुद्ध एयरका काठमाडौँ–पोखरा रुटका तीन वटा र बुद्ध एयरकै काठमाडौँ–तुम्लिङटारको एउटा हवाई उडान रद्द भएका छन् ।

    जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मङ्गलबारसम्म देशभर वर्षा जारी रहने अनुमान गरेको छ ।

    साताको लोकप्रीय