रिद्धि सिद्धि सिमेन्टको छात्रवृत्तिको कार्यक्रम सम्पन्न, १०९ विद्यार्थीहरू सहभागी

रिद्धि सिद्धि सिमेन्टको छात्रवृत्तिको कार्यक्रम सम्पन्न, १०९ विद्यार्थीहरू सहभागी

अर्थ डबली
आइतवार, साउन २८ २०८०
अर्थ डबली
आइतवार, साउन २८ २०८० (अर्काइभ बाट)
  • रिद्धि सिद्धि सिमेन्टको छात्रवृत्तिको कार्यक्रम सम्पन्न, १०९ विद्यार्थीहरू सहभागी

    काठमाडौँ / रिद्धि सिद्धि सिमेन्टले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत मकवानपुर जिल्लालाई लक्षित गरी आयोजना गरेको ‘मकवानपुर स्मार्ट स्टूडेण्ट अफ द इएर २०८०’ को छात्रवृत्ति कार्यक्रम सम्पन्न गरिएकोे छ ।

    images
    images

    यस छात्रवृत्ति कार्यक्रममा कुल १०९ विद्यार्थीहरू सहभागी भएका थिए । रोबोटिक ल्याबमा बनेको स्मार्ट सिमेन्ट रिद्धि सिद्धि सिमेन्टले आयोजना गरेको यस कार्यक्रममा लिखित परीक्षा तथा दौड प्रतियोगिता मार्फत पिप्ले रंगशालामा बृहत् कार्यक्रम आयोजना गरेको थियो । 

    यस कार्यक्रममा मकवानपुर जिल्ला बाट एस.ई.ई परीक्षामा ४ जि.पि.ए.  ल्याएकी डौफिन राइका मगरलाई सम्मान स्वरूप नगद  रु १०,००१  प्रदान गरिएको थियो ।

    यस छात्रवृत्तिका कार्यक्रम अन्तर्गत कम्पनीले पहिलो हुने विद्यार्थीलाई मासिक रूपमा रु. ५०००, दोस्रो हुनेलाई रु. ३५००, तेस्रो हुनेलाई रु. २५०० का साथै सान्त्वना स्वरूप थप ८ विद्यार्थीलाई मासिक रूपमा रु.१५०० एक वर्षसम्म उपलब्ध गराउने छ ।

    साताको लोकप्रीय